गजल परिचय

गजल :  चार वा बढी शेर मिलेर गजल बन्छ |

    *मुसलसल गजल: सबै शेरहरुको विषय वस्तु एउटै भएको गजल |

    *गैर-मुसलसल गजल: फरक फरक बिषय बस्तु भएका शेरहरु भएको गजल |

शेर:  हरेक  शेरमा दुई पङ्क्ती/हरफ/मिसरा हुन्छन् । शेरको पहिलो पङ्क्तीलाई मिसरा-ए-उला र दोश्रो पङ्क्तीलाई मिसरा-ए-सानी भनिन्छ ।

मतला: गजलको पहिलो शेर वा पहिलो दुई हरफ । यसको दुबै मिसरामा काफिया र रफिदको प्रयोग हुन्छ |

मक्ता: अन्तिम शेर | मक्तामा तखुल्लस (रचनाकारको नाम या उपनाम) को प्रयोग भएको वा नभएको हुन सक्छ |

रदिफ: शेरको अन्तमा दोहरिने शब्द | रदिफ एक शब्द देखि तीन शब्द सम्मको हुनु शास्त्रीय दृष्टिले उचित मानिन्छ । यो गजलको अनिवार्य तत्व भने होइन  । रदिफको प्रयोग भएको गजललाई मुद्दरफ गजल भनिन्छ । रदिफको प्रयोग नभएको गजललाई गैरमुद्दरफ गजल भनिन्छ ।

काफिया: तुक मिलेको शब्द, शब्दांश या अक्षर काफिया हो । यो रदिफ भन्दा अगाडि आउँछ ।

-पूर्ण शब्द काफिया: सिङ्गा शब्द नै काफियाका रुपमा प्रयोग भएका | जस्तैः  खान्छु, जान्छु, मान्छु  ।  

-आंशिक काफिया: शब्द भित्रको एक अंश मात्र काफियाका रुपमा प्रयोग भएको । जस्तैः  उठाई,लुकाई, सुनाई ।  

-एकाक्षरी काफिया: एक अक्षरमात्र काफियाका रुपमा प्रयोग भएको | जस्तैः  घर, बन, बस । 

-मिलित काफिया: दुईवटा फरक शब्द वा तिनका अंश मिलेर बन्ने काफिया । जस्तैः पानी, कहानी, नबजा नि । 

-मिश्रित काफियायुक्त गजल -  पूर्ण शब्द काफिया र शब्दांश काफिया मिश्रित रुपमा प्रयोग भएको गजल । जस्तैः घर, रहर, शहर, पतकर  । 

बहर: गजलमा प्रयोग हुने फारसी वा उर्दू शास्त्रीय लय वा छन्दलाई बहर भनिन्छ । बहरको साथ साथै पिंगल छन्द,
 लोकलय, वा स्वनिर्मित लयमा पनि गजल लेख्न सकिन्छ
 ।
 
बहर, छन्द, 
वा लय बेगर स्वतन्त्र रुपमा पनि नेपाली गजल लेख्ने गरिएको छ।