रुपेन्द्र प्रभाबी

यो शहरमा अनेकौं थरि कारोबार फस्टाई रहेछन 

जे मान्छे माथिकै अत्याचार फस्टाई रहेछन

 

जली रहेछन घर भित्र निर्दोष जिन्दगानी 

सडकमा चाहिँ चर्का मानब अधिकार फस्टाई रहेछन 


हजारौं गए लामबद्द हजारौं छन् विमानस्थलमा 

हामी रित्तिदै छौं केवल साउदी कतार फस्टाई रहेछन 


~ रुपेन्द्र प्रभाबी कटु ~

Rupendra Prabhavi

रुपेन्द्र प्रभाबी

पोखरा