यही प्रेम हो या रहरको निशानी
नभेटुन् मलाई, छु मेट्दै पखाल्दै
तिमी सम्म पुग्ने सफरको निशानी
बढेको छ धड्कन र उम्रेछ काँडा
तिमी छेउ पर्दा असरको निशानी
ममा छापिएको छ घरको निशानी
कहाँ हुन्छ यस्तो त अर्को निशानी
न खुल्यो उ आफू, न सोध्यो मलाई
पठाएन केही खबरको निशानी
~ मिलन नाविक ~
Milan Nabik
मिलन लम्साल नाविक
Milan Lamsal Nabik
झापा, दमक (हाल: अमेरिका)
संलग्नता: नेपालीगजल.कम , नेपालीकविता.कम
(इन्द्रवज्रा छन्द)
आशा, रहर मै छु समेटिएको
हूँ एक् कहानी म नलेखिएको
तिम्रो र मेरो छ उस्तै कहानी
उस्तै छ आत्मा तर टेकिएको
हाँगाहरूमै पनि बस्न सक्थ्यो
ऊ फूल मै हो किन भेटिएको
आएन कोही उजुरी लिएर
खोला र नाला सब बेचिएको
@मिलन नाविक