मान्छेहरूको आफ्नै चाहना खराब छ
भन्न त भन्दछन् सब जमाना खराब छ
तीर हुन् की हुन् ती दृष्टि यो छातीमा गढ्दछन्
देख्दै छु आँखाहरू कै निशाना खराब छ
बाहिर हेर्दा एउटा भित्र छ अर्कै रूप
बुझ्नै छ गार्हो गार्हो बहाना खराब छ
शंका छ पिरतीमा शंका जता जतै
मिलौं सकिन्न मिल्न सिमाना खराब छ
~ कृष्णहरि बराल ~
Krishnahari Baral
डा. कृष्णहरि बराल Dr. Krishnahari Baral गजल: सिध्दान्त र परम्परा (२०६५) |