भुइँभरि देख्छु दासीहरू, उदासीहरू
आकाशबाटै हेरेर गए कटुभाषीहरू
एक ढिको नुनसँगै विवशता खिचियो
राहतभित्र देखिन्छन् यस्ता बदमासीहरू
चौपायाको मुख बन्द भएन तर के गर्नु
पिठ्युँभरि सुम्लो बोकी फर्केछन् घाँसीहरू
रोगले भन्दा भोकले मर्दा कति होला पीडा
र त मिसायल बन्छन् हरेक सुकुम्बासीहरू
नेता जस्तै हुने त हुन् कार्यकर्ताहरू पनि
फरक हुनै चाहन्नन् तिनका खलासीहरू ।
Yash Lama
यश लामा
मकवानपुर ।