गुनासो पोख्दै छन् बारी र गरा अझै पनि
फर्किएनन बिउ बोकेर चरा अझै पनि
अरुले मंगल ग्रहमा पानी खोजि रहँदा
जान्छन बारीमा बोकेर अङ्खरा अझै पनि
मरुभूमि मलिलो छ हाम्रै पसिना ले
पानीले भएन देश हराभरा अझै पनि
~ सुदर्शन पौडेल ~
Sudarshan Paudel
पोखरा