(१) नाम (Noun)
१.१) पुलिङ्गी शब्दका अन्त्यमा सबै ह्रस्व लेख्ने
गुरु, भाइ, दाजु, फुपाजु, भेनाजु, जेठाजु, दाइ, गोरु, नाति, पनाति, खनाति, बाबु, बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ, ज्वाइँ.
अपवाद: सम्धी, स्वामी, खसी, जोगी
१.२) स्त्रीलिङ्गी नामका अन्त्यमा सबै दीर्घ लेख्ने।
दिदी, केटी, माइजू, भाउजू, काकी, बडी, निनी, बहिनी (बैनी), फुपू, सासू, स्वास्नी, बुढी, गाई, भैँसी, रानी, कुमारी, सम्धिनी, भङेरी, आदि। (जाति सूचक –राइनी, लिम्बुनी, मगरसेनी, गुरुङसेनी, तामङसेनी, कार्किनी, छेत्रिनी, बाहुनी, सर्केनी (सार्केनी), मुखायनी, नेवारनी आदि)
१.३) स्थान, धर्म, जात-जाति, थर, भाषा, पेसा, नदी बुझाउने शब्दहरूका अन्त्यमा दीर्घ लेख्ने।
- सुनसरी, सप्तरी, मुम्बई, दिल्ली, लखनऊ
- हिन्दू, इसाई, पारसी
- राई, लिम्बू, छेत्री, मधेशी, जोगी, सन्यासी, बङ्गाली, बिहारी, पन्जाबी, मारवाडी
- भट्टराई, बराइली, रसाइली, गदाइली, कार्की, अधिकारी, जोशी
- नेपाली, अंग्रेजी, हिन्दी, हिब्रू, बङ्गाली, पन्जाबी
- प्रहरी, सिकर्मी, डकर्मी, धोबी, मोची, व्यापारी, सिपाही
- मेची, महाकाली, कोशी, नारायणी, बागमती, कर्णाली, भेरी, सेती
१.४) निर्जीव वस्तु र फल-फुल (रुखपात)-को नाम बुझाउने शब्दका पछि दीर्घ ‘इ’ लेखिन्छ।
गाग्री, पानी, छुरी, कोदाली, कराई, डेक्ची, ठेकी, हाँडी, दही, मही, घडी, सिँढी, बारी, बाली, टोपी, धिप्री, थैली, आरी, कैची, फर्सी, मसी, फिट्कीरी, नाली, कागती, नासपाती, तितेपाती, सयपत्री, मखमली, खमारी, पिपली, लप्सी, धुप्पी, च्युरी, भेन्डी, सुपारी, सिरानी, तितिरी, गाडी, हर्दी आदि।
(२) सर्वनाम (Pronoun) - नामको सट्टा प्रयोग हुने शब्द
*सर्वनामको अन्त्यमा दीर्घ लेख्ने - सुरुमा ह्रस्व लेख्ने : उनी, तिनी, तिमी, यिनी, यिन, हामी, अरू, कोही, यही, केही, कहीँ, त्यहीँ, त्यही, उही, आफू, सोही, यसरी, त्यसरी.
*एक अक्षरको सर्वनाम - दीर्घ लेख्ने: यी, ऊ, ती.
(३) विशेषण (Adjective): नाम अथवा सर्वनामको विशेषता जनाउने शब्द: (1) गुणवाचक (2) परिमाणवाचक (3) संख्यावाचक | (4) संकेतवाचक
क: विशेषणको सुरु र बिचका सबै ह्रस्व: सुन्दरी, परिश्रमी, रसिली, हँसिली, दुब्ली, बुझेकी.
ख: विशेषणको इकारान्त सबै दीर्घ : गोरी, काली, पातली, बाठी, राम्री, तरुणी, तन्नेरी, धनी, असली, पढेकी, महेनती, बासी, अमिरी, गरिबी, इमानदारी, खबरदारी, मास्टरी, डाक्टरी, खेती, नोकरी
ग: विशेषणको उकारान्त सबै ह्रस्व लेखिन्छ: दुधालु, घरेलु, मायालु, सिकारु
ठूलो
----------
३.१) गुणवाचक विशेषण: हरियो, सुन्दर
३.२) परिमाणवाचक विशेषण: केही, थोरै, धेरै.
*परिमाण बुझाउने शब्द चाहिँ इकारन्त भए ह्रस्व लेख्ने: कति, उति, यति, त्यति, जति, अलिकति आदि।
३.३) संख्यावाचक विशेषण - सङ्ख्या - दीर्घ ई र ह्रस्व उ लेख्ने:
दुई, तीन, उन्नाईस, बीस, बाईस, तेईस, चौबीस, पच्चीस, छब्बीस, सत्ताईस, उन्तीस, तीस, उन्चालीस, चालीस, एकचालीस, बयालीस, उनासी आदि।
अपवाद: त्रि - त्रिचालीस, त्रिपन्न, त्रिसट्ठी / तिर्सट्ठी
३.४) संकेतवाचक विशेषण: यो, त्यो, ती, यी
(४) क्रियापद
४.१) क्रियापदहरू उच्चारण अनुरूप लेखिन्छन् ।
४.२) विध्यर्थक क्रियापदको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै— गर्नू, जानू, गरूँ, जाऊँ, आऊ, बचाऊ आदि
(५) अव्यय
अव्ययमा ह्रस्व ‘इ’ लेखिन्छ
भोलि, पर्सि, अस्ति, पनि, फेरि, खेरि, पारि, वारि, सित, पछाडि, अघाडि, पालि, पट्टि, तिर, सामु, नजिक, अघि, पछि, मुनि, माथि, बित्तिकै, निक्कै, भित्र, बाहिर, किनकि, छिटो, हिजो, अनि, देखि, निम्ति, निमित्त, बिच, लागि, भरि, चोटि, बाजि, पिच्छे, खुब-खुप, छिः, दिउसो, राति, इत्यादि, आदि।
अपवाद: यसरी, उसरी, कसरी, जसरी, सिरिरी, फिरिरी, राम्ररी आदि
१. प्रियार्थक शब्दका अन्तमा उकार ह्रस्व लेखिन्छ।
सानु, कालु, रामु, नानु, बच्चु, पिकु, देबु, निरु, प्रेमु।
२. आली/आलि/एली/एलि/अडी/अडि/औलि/यौलि – प्रत्यय (suffix) लागि बनेका शब्दहरूका अन्त्यमा इकार दीर्घ लेखिन्छ।
लेकाली, उकाली, ओराली, देवराली, गोर्खाली, रसियाली, अफ्रिकाली, अमेरिकाली, हरियाली, जुनेली, जुरेली, सुरेली, पेरली, तरेली, पुबेली, फ्रान्सेली, बर्मेली, पाल्पाली, जुवाडी, गफाडी, झुपडी, गँजडी, थपडी, ठ्यायौली, रत्यौली, पुर्ख्यायौली, पुस्त्यौली, बुढ्याली, हँस्यौली, उँधौली, उँभौली
३. ति/ती/इनी/इनि/नि/नी-प्रत्यय (suffix) लागि बनेका शब्दका अन्त्यमा इकार दीर्घ लेखिन्छ।
सरसर्ती, बरबर्ती, खलखल्ती, फनफन्ती, धुमधुम्ती, टुलटुल्ती, क्वारक्वार्ती, ग्वारग्वार्ती, छ्यापछ्याप्ती, ट्वालट्वाल्ती, मितिनी, नागिनी, लमिनी, बाघिनी, कागिनी, मालिकनी, साहुनी, धोबिनी, पापिनी, बाँदरनी
४. इक, इका, इम, इमा, इत, उक इष्ट, इष्ठ –प्रत्यय लागेर बनेका शब्दहरू इकार र उकार ह्रस्व लेखिन्छ। इक-प्रत्यय लाग्दा चाहिँ शब्दको रूप परिवर्तन हुन्छ।
समाज+इक= सामाजिक/ पारिवार+इक= पारिवारिक/ व्यवहार+इक= व्यावहारिक/ भाषा+इक= भाषिक
इका प्रत्यय लागेका शब्दहरू- पत्रिका, सम्पादिका, लेखिका, गायिका, नायिका इत्यादि
इम प्रत्यय लागेका शब्दहरू- अग्रिम, स्वर्णिम, लेखिम, रूपिम,
इमा प्रत्यय लागेका शब्दररू- पूर्णिमा, लघिमा, गरिमा, महिमा इत्यादि
इत प्रत्यय लागेका शब्दहरू- कथित, व्यथित, लिखित, रचित, हर्षित, आनन्दित, पण्डित, मूर्च्छित, दुखित, फलित
उक प्रत्यय लागेका शब्दहरू- इच्छुक, भिक्षुक, कामुक, भावुक, जागरुक
इष्ट प्रत्यय लागेका शब्दहरू- विशिष्ट, स्वादिष्ट, प्रविष्ट, अनिष्ट
इष्ठ प्रत्यय लागेका शब्दहरू- घनिष्ठ, बलिष्ठ, गरिष्ठ, वरिष्ठ
ध्यान दिनु पर्ने – उपर्युक्त प्रत्ययहरू लागेका सबै शब्द तत्सम हुन्।
पदको आदि, मध्य मा ह्रस्व ‘इ’ र अन्त्यमा दीर्घ ‘इ’ लागेका शब्दहरू-
फिरिरी, तिरिरी, तितिरी, सिरिरी, लिरिलिरी, पिरिरी, मिरिरी, बिरिरी, किरिरी, चिरिरी, झिरिरी, थिरिरी
५. उकारान्त (उ-लागेर अन्त हुने) नाम, विशेषण, अव्यय सबै ह्रस्व उ लेख्ने/ (स्थान, जाति र थर बुझाउने शब्दबाहेक)-
बिउ, दाउ, भाउ, माउ, आलु, तालु, पिडालु, सिरु, हिँउ, उनिउँ, साहु, चालु, उल्लु, भालु, लद्दु, पत्रु, सिकारु, बिकाउ, लडाकु, सामु, चालु, पनिउँ, गुनिउँ, उल्लु इत्यादि।
६. आइ, याइँ, आउ, आरु, आलु, एलु- प्रत्यय (suffix) लागि बनेका शब्दहरूका इकार र उकार ह्लस्व लेखिन्छ।
लेखाइ, कमाइ, लमाइ, गराइ, दुस्ट्याइँ, सुद्धाइँ, बठ्याइँ, धुर्त्याइँ, ढिल्याइँ, रोपाइँ, घेराऊ, चुनाउ, घेराउ, बिकाउ, सिकारु, जुझारु, मायालु, नसालु, इखालु, मैतालु, दुधालु, खर्चालु, बिखालु, सिपालु, झगडालु, बैँसालु, लजालु, घरेलु