हरि चालिसे

फूल फुल्छ, ओइलिन्छ, झर्छ चित्त बुझाउनु पर्छ 
भेटिएपछि त छुट्नै पर्छ चित्त बुझाउनु पर्छ 

बाँच्ने रहर त दुनियाँमा कसलाई हुदैन र ?
तर कोहि अकालमा मर्छ चित्त बुझाउनु पर्छ

देख्नलाई त महल देखिन्छन नि सहरमा
तर तिमीसंग जस्तो घर छ चित्त बुझाउनु पर्छ

आफुले मात्र चाहेर सबै आफ्नो कहाँ हुन्छ साथी ?
जस्ले जस्तो ब्यबहार गर्छ चित्त बुझाउनु पर्छ

यो समय , यो मौसम , सधैं बदिलिने भएर त
हरेक पल पलमा डर छ चित्त बुझाउनु पर्छ

~ हरि चालिसे ~
Hari Chalise


हरि चालिसे

एबिसी, बागलुङ