दिएछु मन दुख पर्दा हाँसेर जानेलाई
रोपेर प्रेमको डाली भाँचेर जानेलाई
एक्लै मेरो मन भित्र बोझ बढ्न थाल्यो
दिएँ ब्यर्थै साथ सपना मासेर जानेलाई
भुल थियो मैले आफ्नो बनाउन खोज्नु
अर्कै सँग नाता साईनो गाँसेर जानेलाई
~ ऋतु शाह ~
Ritu Shah