भुलभए दु:खै द:ख खात लाग्न सक्छ ।
आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा
भयो भने अति यहाँ बात लाग्न सक्छ ।
छ भनेर शक्ति आज घमण्डले फुल्दा
कुनै दिन नियतिको लात लाग्न सक्छ ।
हक खोज्दा गर्नु पर्छ कर्तव्यको ख्याल
नत्र कुनै दुर्जनको हात लाग्न सक्छ ।
~ गोविन्दराज विनोदी ~
Govindaraj Binodi
गोविन्दराज विनोदी
जन्म: २०१० साल श्रावण २८ गते
कास्की, रूपाकोट
हाल: गैडाकोट –८, नवलपुर
प्रकाशित कृतिहरु: मरो वर्तमान (२०४७), निर्मम निर्मम घडीहरू (२०५६), आँखाका नानी (२०५७), छन्दविनोद (२०५९), अविश्रान्त (२०५९), हिमस्पर्श (२०६६), अनुपमा धर्ती (२०६६), सृष्टिमाथिका दृष्टि (२०६६), नानीका गीत (२०७०), शूर्पणखा खण्डकाव्य (२०७१), कैकेयी महाकाव्य (२०७४), साथै भूमिका लेखन, पत्रिकाहरू सम्पादन/ प्रकाशन, र विभिन्न पत्रपत्रिकामा फुटकर रचनाहरू