जस्तो बारी बाँझो छ मुनीबाट खोलो जान्छ!
बाँचुन्जेल मुखमा आगाले पकाएको जान्छ!
किन मरेपछि मात्रै मुखमा आगो जान्छ?
तिमीसंगको बाँझाबाँझ पनि ठिक यस्तै हो!
मानौँ सिलौटासंग बाँझिन लोहोरो जान्छ!
आसेपासे पछि लाग्ने पद पैसा छन्जेल हो!
खै भन चितामा जल्न तिमीसंगै को जान्छ?
फ्याँक्नेहरु के के फ्याँक्छन थाहा छ मलाई!
बाघ हुँ भन्नेको पनि बाघ देख्दा सातो जान्छ!
~ काजी प्रवासी ~
Kaji Prabasi
नाम: सुर्य बहादुर थापा (काजी प्रवासी) आमा/बुबा: स्वर्गीय कोकीला थापा लक्ष्मी थापा अर्धाङ्गिनी:दीपा कुमारी भण्डारी थापा जन्मस्थान: भैरवी गाउँपालीका १, जाहारमाडी, दैलेख (साबिक रावतकोट छ जलजले) हाल: बालासिनोर, महीसागर, गुजरात, भारत ई-मेल: kajithapa223@gmail.com |
थप गजलहरु
गजल १
यो जीवन मेरो भन्दा कठीन कस्को होला?
खै सुन र चाँदिकै खान पिन कस्को होला?
आज मेरै छोराले यस्तो प्रश्न सोधो मलाई!
बाआमा मरेपछि यो जमीन कस्को होला?
यहि प्रश्न त हरदम अनुत्तरित बन्छ यँहा।
मान्छेमरी स्वर्गजाने यकिन कस्को होला?
एकैसाथ प्रश्न गरे छोराछोरीहरुले आज।
बा दागवत्तीमा अन्त अधीन कस्को होला?
जब फैलिनेछ सुर्य मरेको खबर चारैतिर!
सुन्दै पहिला अनुहार मलिन कस्को होला?
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
अब फेरी धरातल भुल्ने हक छैन अधिकार छैन।
मुटु जोडिएकाहरुसंग सम्पर्क छैन पत्राचार छैन।
देश टाट पल्टियो सिमित व्यक्तीहरु माथी उक्लिए।
गरिव के गरुन?व्यापार छैन देशमा रोजगार छैन।
समयले जे दिएको छ अब त्यसैमा सन्तुष्ट हुन्छु।
केहि जोड्नु छैन भत्काउनु छैन कुनै हतार छैन।
जी हजुरी गर्न एकथरी मरिहत्य गरिरहेछन यँहा।
लाग्छ हतियार उठाउँछु भन्नेसँग पनि हतियार छैन।
के कस्तो समय थियो त्यो आफनै मनलाई सोध्नु!
त्यस्तो कुन पल थियो जो अहिले पनि यादगार छैन?
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
जरुर गर्नुछ मैले कुराकानी हजुरसंग।
चाहे साट्न मैले आनीबानी हजुरसंग।
गनेरै यि तारा भएपनि सुन मेरो राजा।
सुन्दर बनाउछु सधै बिहानी हजुरसंग।
म केवल सुवाश बनि फैलिरहेछु यहा।
छ बोट हजुरसंग फुलदानी हजुरसंग।
जरुर सीप ज्ञान सिक्नेछे एकदिन उ।
उतै आएकी छ एक अज्ञानी हजुरसंग
भन्छे उ जे गर्नुहुन्छ मन्जुर छ मलाई।
गरु त कसरी गरु मनोमानी हजुरसंग?
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
उता सरल बनाउनु भयो यता कठीन बनाउनु भयो।
न यि रात रंगिला भए न सुखका दिन बनाउनु भयो।
गरि चिल्ला कुरा बर्षौदेखि बिकाशको नाममा यँहा।
स्यावास झुप्रा भत्काई घरवार विहीन बनाउनु भयो।
हैन दैवले हैन हरदिन जाँड र जुँवाको कुलतले गर्दा।
बाबा हजुरले नै आमाको चेहरा मलिन बनाउनु भयो।
कँहासम्मको संरछक हुनुहुन्छ आखिर तपाई हाम्रो?
यो फेरिने सासमा पनि आफनै अधीन बनाउनु भयो।
न पडाउनु भो मलाई न तिलहरी छ आमाको गलामा?
बा भन्नुहोस कसरि बजारमा यति रिन बनाउनु भयो?
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
किन सिँधा बाटो भत्काएर मोडो जिन्दगीले?
जमातबाट एक्लो मलाई छोडो जिन्दगीले।
यात्राबाट छुट्नेहरु भेटिएनन कहिल्यै पनि ।
पिरतिका वाँचा वन्धन तोडो जिन्दगीले।
भरिया बनि अनयासै गुज्रिदैछ जीवन मेरो ।
भाग्यरेखा कर्मभित्र दुख जोडो जिन्दगीले।
सधै यातना र आँशुहरु उपहारमै पठाएर।
डल्ने रुखका जरामात्रै गोडो जिन्दगीले।
अझ के चाहन्छौ ईश्वर भाग्य मेरो लुटिसक्दा।
सधै आगनिमा बम बारुद फोडो जिन्दगीले।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
मुन्छेले छोया मुन्छेले पानी छिटो हाल्याको अचम्म मान्नैनौ!
डुम होइ चमार होइ भन्नै बाहिर फाल्याको अचम्म मान्नैनौ!
विभेद अद्दौनु सबै मून्छे एकै हुन् भनिकन कानुनमा लेख्यौ!
फेरि पन यिनका दिमागौन गोबर टाल्याको अचम्म मान्नैनौ
साहेबौ अब तम्रा गीदीभित्त राको बाल्नुपड्न्याछ एकदिन!
यिन्लै जातपात हटाऊ भनि राको बाल्याको अचम्म मान्नैनौ!
यिनुकी लाज ढोकीऊ यिनुका भाडा कारिऊ साहेप मानिउ!
यिनकै बर्षौधेकी हलीबनि हामुले पाल्याको अचम्म मान्नैनौ!
तमुले पढ्यौ लेख्यौ जागिरी खायौ फेरि पन दिमाग आयोन!
आजपन यो कन्थरो बुद्धि हो गोर्याकाल्याको अचम्म मान्नैनौ?
(जातीय विभेद जघन्य अपराध हो!)
डुम होइ चमार होइ भन्नै बाहिर फाल्याको अचम्म मान्नैनौ!
विभेद अद्दौनु सबै मून्छे एकै हुन् भनिकन कानुनमा लेख्यौ!
फेरि पन यिनका दिमागौन गोबर टाल्याको अचम्म मान्नैनौ
साहेबौ अब तम्रा गीदीभित्त राको बाल्नुपड्न्याछ एकदिन!
यिन्लै जातपात हटाऊ भनि राको बाल्याको अचम्म मान्नैनौ!
यिनुकी लाज ढोकीऊ यिनुका भाडा कारिऊ साहेप मानिउ!
यिनकै बर्षौधेकी हलीबनि हामुले पाल्याको अचम्म मान्नैनौ!
तमुले पढ्यौ लेख्यौ जागिरी खायौ फेरि पन दिमाग आयोन!
आजपन यो कन्थरो बुद्धि हो गोर्याकाल्याको अचम्म मान्नैनौ?
(जातीय विभेद जघन्य अपराध हो!)
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ७
यातना दिएर देखाउने यो कस्तो आफ्नोपन हो?
साहब यहि विवेक हो धर्म हो यहि परिवर्तन हो?
अरुभन्दा अघि हुन नदिनु मनखोली रुन नदिनु!
अचम्म मान्नुपर्दैन यो त हाम्रो पुरानो चलन हो!
बदलिएको ब्याख्या गरेऊ निर्दयी पो भनिछौ!
तिमीलाई भुल्न नसक्ने एक म हुँ मेरो मन हो!
सिमीत व्यक्तीहरु मान्छेको शिरमा राज गर्छन!
र पनि हामी भनिरहेछौ यो विधीको शाशन हो!
देशका प्रधान राजधानीका मेयर लडिरहेछन !
यो ओली आवाज हो या बालेनको गर्जन हो?
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
म छु अझै यहिँ धर्तीमा थियो नभन्नु!
सम्झेकै छु हजुरलाई बिर्सियो नभन्नु!.
समयले मलाई दिएको चोट ठुलो छ!
हजुर आफुलाई धोका दियो नभन्नु!
कतिपय लडाई आजिवन लड्नुपर्छ!
द्वन्द जारी छ तपैसंग सकियो नभन्नु!
सग्लो त म पनि कहाँ छु र हजुर?
आफ्नो मात्र मन टुक्रियो नभन्नु!
काँडामाथी पाउँछन अझपनि मेरा!
उ खुशी छ गन्तव्य भेटियो नभन्नु!
काजी प्रवासी
Kaji Prabasi