बुझ्नै नपाई कर्मपथमा हेलियो जिन्दगी
गलपासो झैँ आफैं सँग नेलियो जिन्दगी
इच्छा, रहर, अधिकार भोग्नै सकिएन
फगत दायित्वको जालमा झेलियो जिन्दगी
कति थिए आकांक्षा र कति थिए रहर
कर्तब्यको बादल भित्र झेलियो जिन्दगी
~ श्रेष्ठ प्रिया 'पत्थर' ~
Shrestha Piya Paththar
श्रेष्ठ पिया 'पत्थर'
पग्लिएका व्यथाहरु (२०५३)
पत्थरका प्रलापहरू (२०५९)
आँसुको सौगात (२०६०)