प्रेमको जालमा जेलियो जिन्दगी
बैंसको भेलमा हेलियो जिन्दगी
सम्झना तिर्सना भावना साथमा
दु:खको गर्तमा ठेलियो जिन्दगी
आज तिम्रो कुरा मान्न गाह्रो भयो
सुस्त छाया परी छेलियो जिन्दगी
घुम्न जाने रहर पूर्ण होला कतै
हेर कर्तव्यले पेलियो जिन्दगी
सम्झनाका सयौँ दुर्ग ढल्दा यहाँ
आज पापड जसै बेलियो जिन्दगी
~ नवराज न्यौपाने मौन ~
Nawaraj Neupane Maun
बहर: मुतदारिक मुसम्मन सालिम
छन्द: स्रग्विणी
नवराज न्यौपाने 'मौन'
जन्म मिति : माघ २०
माता / पिता : यानुमाया/ ढबुलाल न्यौपाने
जन्मस्थान : आमडाँडा,सेपाबगैंचा ,चुँदी ,तनहुँ
हालको बसोबास : मातातीर्थ काठमाडौं
शिक्षा : सिभिल इन्जिनियरिङ्गमा डिप्लोमा, सरकारी सेवा ( दुर्गम क्षेत्र बिकास समिति) मा २५ वर्ष काम गरी स्वेछिक अवकाश लिएको
पहिलो प्रकाशित रचना: गजल, गरिमा मासिक (२०४८ माघ)
पहिलो प्रकाशित कृति : गाजल गङ्गाजल गजलसङ्ग्रह ( २०६१ )
ईमेल : navarajn108@gmail.com