ढुङ्गा हान्ने धेरै भेटें आफ्नो मान्छे खोज्दै जाँदा ।
देवी द्यौता साक्षी राखी साँचो बोल्दा तिम्रो सामु
दोषी मान्ने धेरै भेटें आफ्नो मान्छे खोज्दै जाँदा ।
माया गर्ने कोही छैनन् हाम्रो प्यारो देशमा भन्छन्
पासो बन्ने धेरै भेटें आफ्नो मान्छे खोज्दै जाँदा ।
राम्रो बन्ने, मीठो खाने, भन्दै बेच्दै आफ्नो बै“स
जीवन धान्ने धेरै भेटें आफ्नो मान्छे खोज्दै जाँदा ।
चोखो माया लत्याउँदै गोजीको त्यो पैसा हेर्दै
‘प्रेमी’ छान्ने धेरै भेटें आफ्नो मान्छे खोज्दै जाँदा ।
बहरे मुतकारिब मुसम्मन मक्तुअ मुदाइफ
मुस्तफ्फैलुन् x4, २२२२ x4
~ प्रकृति प्रेमी ~
Prakriti Premi
मनोज भुजेल
प्रकृति प्रेमी
चितवन
गजल १
पूर्णिमाको चन्द्रले झै“ ज्योति छर्नुपर्छ प्रेमी
दुनियाँले वाह ! भन्ने कर्म गर्नुपर्छ प्रेमी ।
चोटमाथि चोट मिल्यो आफ्नो मान्छेबाट आज
आँसु पुछ्दै गण्डकीको भेल तर्नुपर्छ प्रेमी ।
मित्रताको साथ पाए झेल्न सक्छौ“ आँधीहुरी
जिन्दगीमा रङ्ग नौलो फेरि भर्नुपर्छ प्रेमी ।
कस्तुरीझै“ चाल चल्दै, माकुरीझै“ जाल बुन्दै
लेक चढ्नुपर्छ कहिले बेसी झर्नुपर्छ प्रेमी ।
यो सुराको मात प्यारो सोढषीकै साथ प्यारो
प्रेमप्याला प्यूनलाई साँझ पर्नुपर्छ प्रेमी ।
बहरे रमल मुसम्मन सालिम २१२२
पिङ्गल छन्द: माधवमालती

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल २
तिमी च्यातिएको दिलै यो सिलाऊ
मलाई तिमी प्रेम प्याला पिलाऊ ।
जता जान्छु प्यारी झझल्को छ तिम्रै
म तिम्रै हुँ भन्ने भरोसा दिलाऊ ।
कहाँ झुल्छ र बाला र धानै नरोपी
म जोत्नेछु बारी तिमी नै हिलाऊ ।
व्यथाको झरीले टुट्यो जिन्दगी यो
यथाशीघ्र आई तिमी नै मिलाऊ ।
बहरे मुतकारिब मुसम्मन सालिम
पिङ्गल छन्द: भुजङ्गप्रयात
फऊलुन् १२२
गजल ३
बाबुआमा छोड्नुपर्ने बाध्यताले पारिदियो
दुःख सारा ओढ्नुपर्ने बाध्यताले पारिदियो ।
साथ खेल्ने, साथ रम्ने भाइबैनीसँग मैले
आज यात्रा मोड्नुपर्ने बाध्यताले पारिदियो ।
हि“ड्न गाह्रो लाग्न थाल्यो स्वार्थको यो गोरेटोमा
अन्त यात्रा मोड्नुपर्ने बाध्यताले पारिदियो ।
वेदनाले तड्पिएको जिन्दगीमा प्यास मेट्न
आँसुकै मूल फोड्नुपर्ने बाध्यताले पारिदियो ।
प्रेमीकै त्यो चाहनाले घात गर्ने वैरीसामु
हात आफ्नै जोड्नुपर्ने बाध्यताले पारिदियो ।
बहरे रमल मुसम्मन सालिम
फाइलातुन् ४
२१२२
गजल ४
नजाऊ हितैषी विरानो बनाई
सयौ“ चोट झेल्ने अचानो बनाई ।
घमण्डीहरुको अहंकार तोडी
सबैमाझ आकार सानो बनाई ।
कुटी बास बस्ने म निर्माण थाल्छु
तिमी साथ दिन्छौ कि छानो बनाई ।
ननापौ“, नजोखौ“ कही“ प्रीत चोखो
मुरी या त पाथी र मानो बनाई ।
भुलौ“ शत्रुता यो मिलौ“ आज हामी
छरौ“ प्रेमीको दिव्य दानो बनाई ।
बहरे मुतकारिब मुसम्मन सालिम
१२२
गजल ५
आफ्नो मान्छे खोज्दै हि“ड्ने को होला त्यो ?
प्यासी आत्मा बोक्दै हि“ड्ने को होला त्यो ?
आस्तिक मात्रै बस्ने सिङ्गो यो धर्तिको
देवी द्यौता ढोग्दै हि“ड्ने को होला त्यो ?
हाँसो छर्दै छाया हेर्दै दोबाटोमा
एक्लै आफै“ बोल्दै हि“ड्ने को होला त्यो ?
छेऊ पर्दा, आँखा जुध्दा लाली जोवन
पछ्यौरीले छोप्दै हि“ड्ने को होला त्यो ?
डाँडाकाडा, चौबाटो या चौतारीमा
प्रेमीबारे सोध्दै हि“ड्ने को होला त्यो ?
बहरे मुतदारिक मुसद्दस मक्तुअ मुदाइफ
पिङ्गल छन्द: विद्याधर
मुस्तफ्फैलुन् २२२२
गजल ६
दिनजस्तै चाँदनीको रात पाएँ आज मैले
प्रीत चोखो लाउँदा पो आँत पाएँ आज मैले ।
अप्सराझै“ रुप राम्रो कस्तुरीझै“ चाल राम्रो
धन्य रै’छु जोर प्याला हात पाएँ आज मैले ।
बाँच्छु सङ्गै, मर्छु सङ्गै, दुःखपीडा झेल्छु भन्ने
कोइलीझै“ बल्ल मीठो बात पाएँ आज मैले ।
जिन्दगीको लक्ष्य ठूलो, दूर यात्रा थाल्नुपूर्व
प्यास मेट्ने प्रेयसीको मात पाएँ आज मैले ।
खोजिहि“ड्थें नाम मेरो गाउँ बस्ती लेक बेसी
अग्लिएको प्रेमीकै यो जात पाएँ आज मैले ।
बहरे रमल मुसम्मन सालिम
पिङ्गल छन्द: माधवमालती
फाइलातुन् ह ४, २१२२
गजल ७
साह्रै झेली हुन्छन् प्रिया रक्सी प्युँने मान्छेहरु
बेस्वादिला कुन छन् प्रिया रक्सी प्युँने मान्छेहरु ।
विश्वासमा धोका दिने निष्ठूरीको तस्बिर त्यो
माया गरी छुन्छन् प्रिया रक्सी प्युँने मान्छेहरु ।
कैले उनैको यादमा, कैले सुराकै मातमा
एकान्तमा रून्छन् प्रिया रक्सी प्युँने मान्छेहरु ।
कोही घृणा गर्छन् यहाँ, हेर्छन् कुनै वैरीसरी
नानाथरी सुन्छन् प्रिया रक्सी प्युँने मान्छेहरु ।
आकाशका ताराहरु यै धर्तिमा ओह्रालेर
प्रेमील शशी चुन्छन् प्रिया रक्सी प्युँने मान्छेहरु ।
बहरे रजज मुसम्मन सालिम
पिङ्गल छन्द: हरिगीतिका÷वीभत्स
मुस्तफ्इलुन् ह ४, २२१२

गजल ८
प्यासी छन् देवताहरु नै
घाँसी छन् देवताहरु नै ।
पैसामा बेचिने महङ्गो
राशी छन् देवताहरु नै ।
देख्दै छौ“ आज यो धरामा
दासी छन् देवताहरु नै ।
ज्योतिको पुञ्ज यो भुलाई
काशी छन् देवताहरु नै ।
प्रेमीकै काव्यमा डुबेर
बासी छन् देवताहरु नै ।
बहरे हजज मुसद्दस अखरम अस्तर महजूफ
मफ्ऊलुन् फाइलुन् फऊलुन्
२२२ २२२ २२२
~ प्रकृति प्रेमी ~
~ प्रकृति प्रेमी ~
Prakriti Premi