लेखिसके पछि मायाले नाम मुटुमा
कसरी हुन सक्छ र छलछाम मुटुमा
निः संकोच वर्चस्व जमाउदै जाउ
भई सक्यो सबै इन्तजाम मुटुमा
दुखी रह्थ्यो हुन्थ्यो खालि महसुस
तिम्रो आगमनले भयो आराम मुटुमा
जता हेर्यो त्यतै तिमी यत्रतत्र सर्वत्र
नपाओस् अरु कसैले त्यो ठाम मुटुमा
~ पदम थापा ~
Padam Thapa
|
पदम थापा गलकोट, बागलुङ हाल : स्पेन, अलिकान्ते खाभिया |