कहिल्यै नडुब्ने गरी उदाएको मनभित्र घाम छ एउटा
समयले कहिल्यै मेट्न नसक्ने मनभित्र नाम छ एउटा
बिर्सन्छु बरु आफैँलाई बिर्सन सक्दिनँ उसलाई
सम्झना हो सम्झनाकै मनभित्र लाम छ एउटा
सर्त छैन पाउनै पर्छ नि शर्त माया गरिदिन्छु
मायाकै हस्ताक्षरले भरिएको मनभित्र खाम छ एउटा
मैलेजस्तै मलाई पनि सम्झन्छ होला ऊ पनि
विस्वासै विश्वासले सजिएको मनभित्र धाम छ एउटा
नदेखे पनि यी आँखाले छामेकै हुन्छन ढुकढुकीहरुले
जता छाम्यो उतै ऊ मनभित्र गाम छ एउटा
~ सरस्वती 'प्रतिक्षा' ~
Saraswati Pratikshya
नाम: सरस्वती लालचन (Saraswati Lalchan)
साहित्यिक नाम: सरस्वती प्रतिक्षा
पोखरा
नथिया उपन्यास (२०७४ )
स्व उपन्यास (२०८१)