अम्बिका गिरी बिहानी

 जब मन भयो एकोहोरो सुस्त-सुस्त

त्याग्दैछु दिमागको चौघेरो सुस्त-सुस्त


तिमी सोच्छौ म मौन म सोच्छु तिमी मौन 

चल्दैछ यो सवाल दोहोरो सुस्त-सुस्त


न दियौ सहारा तिमीले न मैले दिएँ 

सम्बन्ध यो बन्दैछ मधुरो सुस्त-सुस्त


चेतना शून्य हुन्थ्यो हर्षले छोइ दिंदा 

अझै लाग्दैछ पीडा अधूरो सुस्त-सुस्त


भोलि त पक्का बिहानी आउँछे पर्खनू  

खोल्नू विवसताको कटेरो सुस्त-सुस्त


~ अम्बिका गिरी बिहानी ~

Ambika Giri Bihani 


अम्बिका गिरी बिहानी

मकवानपुर

हाल: नेदरल्यान्ड