~ भिष्मराज थपलिया 'दृढ अपरीहार्य' ~
Bhishmaraj Thapaliya 'Dridh Apariharya'
नाम : भिष्मराज थपलिया
साहित्यिक नाम: दृढ अपरीहार्य
जन्म मिति: २०४८/०८/२०
आमा / बाबु: नन्दकुमारी / पदमराज थपलिया
जन्म स्थान: (तात्कालिन) कुम्पुर ४ धादिङ इर्जु डाँडा गाउँ
स्थायी ठेगाना: खैरहनी -५ चितवन
हाल बसोबास: चार्लट, नर्थक्यारोलिना
सम्पर्क: brthapaliya777@gmail.com
(इच्छुक फेसबुकमा जोडिन सक्नुहुन्छ ।)
शिक्षा: स्नातक तह जिव विज्ञान त्रीभुवन विश्वविद्यालय
पेसा: नेटवर्क ईन्जिनियर
साहित्य विधा: निवन्ध , लेख , कविता, गीत , गजल , मुक्तक , हाईकू , कथा
विशेष रुचि : गजल लेखन र कविता लेखन
लेखन आरम्भ: बिधालयस्तर कविता तथा निवन्ध प्रतियोगितामा सफल भए देखि (बि.सं. २०६०)
पहिलो प्रकाशित रचना: निवन्ध लेख ' रङ्ग मन्च र पर्दा' जोश साप्तहिक पत्रीका २०६८
अरु लेख रचनाहरु विध्यालय , कलेज पत्रीकाहरुमा छाइएको ।
साहित्यिक सङ्लग्नता : साहित्यिक कार्यक्रम, सभा , गोष्ठी तथा उत्सवमा सहभागी ।
थप गजलहरु:
गजल १
दिउँ नदिउँ गर्छ्यौ त्यो जवानी तिम्रो
छोडेर हेर मनको आनाकानी तिम्रो
देख्छ्यौ भने छुट्टै सन्सार मसङ्गको
सजाइदिन्छु पुरै जिन्दगानी तिम्रो
अरुको कुरा छोड म यति मात्र भन्छु
आउनदिन्न त्यो आँखामा पानी तिम्रो
हुन्छ मात्र भन्न बाँकी हो प्रीया तिम्ले
नत्र भोली नै आउँछ यो मुगलानी तिम्रो
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल २
सजाएर मलाई ती नयनमा तिम्रो
सामेल गराउ न त्यो जिवनमा तिम्रो
हरेक खुशीहरु मिल्नेछ तिमीलाई
फुल्नेछ फूलहरु ती आँगनमा तिम्रो
बेला भयो भन्छन साथीसङ्गी सबैले
सजिने छ रहर त्यो वतनमा तिम्रो
ल्याउनु तिमीले नि जन्ती साथमा डोली
मोहित छु अति नै म जोवनमा तिम्रो
हराउँ न मपनि त्यो अङ्गालोमा तिम्रो
बसुँ म मनको त्यो सिंहासनमा तिम्रो
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ३
ओढेर पछ्यौरी अनि बर्को ,कुरेर बस्नु तिमी
लगाउला सिन्दूरको धर्को ,कुरेर बस्नु तिमी
त्यो मनमा शङ्का कत्ति पनि नगर प्रीया
तिमी बाहेक कोहि छैन अर्को, कुरेर बस्नु तिमी
जिवनभर के, सातै जूनी साथ दिने माया गर्छु
लाको होइन माया एक सर्को, कुरेर बस्नु तिमी
टिकी फुली बुलाकी अनि के के चाहिन्छ
लगादिन्छु म सबको लर्को, कुरेर बस्नु तिमी
थाहा छ छुट्टिन गाह्रो छ त्यो मन सम्हाल
नमानी कत्ति पनि झर्को, कुरेर बस्नु तिमी
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ४
भेट्छु म मधुमास, नयनमा तिम्रो
अनि छुट्टै आकास, नयनमा तिम्रो
लाग्छ कुरी बसेकी छौ कसैलाई
छ अनौठो प्यास, नयनमा तिम्रो
यात्रा लामो सकियो कि पर्खाईको?
कि मै हो त्यो खास, नयनमा तिम्रो ?
देख्छु मेरै तस्वीर त्यो परेलीमाझ
प्रेमकै छ आभास, नयनमा तिम्रो
सुस्त सुस्त प्रेमरागमा बाँध्न होला
चल्दै छ छुट्टै बतास, नयनमा तिम्रो
नजरले घाईते बनाउने ती राजहरु
हुँदैछन पर्दाफास, नयनमा तिम्रो
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ५
चढेर आउ विमान, कुरेर तिमी बसेको छु
भाकेर उहि भगवान, कुरेर तिमी बसेको छु
पिल्साई भित्र मनमा, राखेका मेरा चाहना
हे मेरा देव परान, कुरेर तिमी बसेको छु
जमाना सहि भीडमा, मुश्किल बाच्न पारेनि
तिर्न त्यो आउ लगान, कुरेर तिमी बसेको छु
सजाउ मेरो सन्सार, मसङ्गै सङ्गै भएर
चढौँला साथ सोपान, कुरेर तिमी बसेको छु
नयन मेरा यि दुबै, हेरेर तिम्रै गोरेटो
मानेर आफ्नै जहान, कुरेर तिमी बसेको छु
कपोल बिच रहेको, खालि सिउदो माग्दछ
तिम्रै नाम पहिचान, कुरेर तिमी बसेको छु
कसम हाम्रा ती सबै, विस्मृत भाको छैन नि
सम्झेर त्यहि जुबान, कुरेर तिमी बसेको छु
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ६
मनै छुने चिसो चिसो बतास बनेर आउ
मेरो सधैँ आफ्नो जस्तै खास बनेर आउ
अग्लो कद, चम्किलो मुहार, तेज उस्तै
हे हृदयको देव मेरो आकाश बनेर आउ
मनभित्र गुम्सिएका बातहरु धेरै छन मेरा
अझै यसमा झल्को थप्ने प्याँस बनेर आउ
फूल हुँ म कोमल राम्रो लाली चढाउदै छु
राग फिजाउने मेरो तिमी सुवास बनेर आउ
केशबिच खडेरी झै काटिएका सिउँदोमा
डाँडै सजाउने सिन्दुरी गुराँस बनेर आउ
~ भिष्मराज थपलिया 'दृढ अपरीहार्य' ~
Bhishmaraj Thapaliya 'Dridh Apariharya'