रमेश हरिलट्ठक

कहिले हुन्छ आफ्नै माटो, कहिले हुन्छौं बिरानीमा  

कहिले सुख, कहिले दुख, जिन्दगीको कहानीमा  


आउँछ मनमा तस्बिरहरु अतितका ऐना सरी 

एक अर्कालाई गुलाबका फूल फाल्थ्यौ जवानीमा  


आखिर तिमी मुटु मेरो दुख्छु तिमीलाई चोट लाग्दा 

लुकी लुकी आँसु तिमीले पुछ्नु हुन्न सिरानीमा 


न कसैको दया हो यो न त उपदान पर्यो 

बनाएको फूलबारी तिम्रो मेरो लगानी मा 


~ रमेश हरिलट्ठक ~

Ramesh Harilaththak 

रमेश सापकोटा (२०३७-२०६१) 

साहित्यिक नाम: रमेश हरिलट्ठक

नवलपुर 

दबाइएका स्वरहरू (२०५७)

Ten Ghazals (English Ghazals)