राजेन्द्र थापा

शिशी भित्र रहे सम्म मात्रै यो त शराब हुन्छ 

बाहिर निक्ले पछि मात्रै त्यो त खराब हुन्छ 


मन्दिर जाँदा पुजारी लाई मन पर्ने लिई जानु 

आज भोली देउताको भन्दा पुजारीको प्रभाव हुन्छ 


सह्यो भनेर ठोक्दै जाने खुकुरीले बुझोस् यो 

अचानो को हर चोटमा खुकुरीको हिसाब हुन्छ 


~ राजेन्द्र थापा ~

Rajendra Thapa


राजेन्द्र थापा

सुर्जे पनि अस्ताउन मात्रै (२०६२), 

सहनैको छाती अचानो