निर्जीव यो शहरमा संवेदना हरायो
मान्छे मरोस् या कुकुर वेदना हरायो
उत्सव कुनै छ ठूलो छिमेकमा भयंकर
छैन कुनै निमन्त्रण आफ्नोपना हरायो
पैसाको लागि मान्छे जे गर्न पनि तत्पर
झुठो र सत्य बीचको सबै चेतना हरायो
सन्तानलाई सबले पैसा कमाऊ भन्छन्
चरित्रलाई बनाउने तर मन्त्रणा हरायो
बगुलामुखीको दर्शनको लागि लामो लाम
बागेश्वरीको तर खोई वन्दना हरायो
~ मुन पौडेल ~
Moon Paudel
मुन पौडेल
काठमाडौं
गजलोत्सव (२०५३)