गहिरा समुन्द्र भए पनि आँखामा
राजधानीमा चिच्याउन सजिलो छ
राष्ट्रियता बिझाउँछ सिमानामा
यसरी हामी एक अर्काका भएनौँ
कहाँ तिमी बगैंचामा कहाँ म पहरामा
बोलेरै संसार जित्छु भन्नेहरु सुन
बुद्धले संसार जितेका थे मौनतामा
~ प्राञ्जल ~
Pranjal
प्राञ्जल
गुल्मी
हेर्नुहोस् : रवि प्राञ्जल