गोपाल पौडेल

छातीभरि तिम्रो माया पालिराख्या छु

सम्झनाको दियो अझै बालिराख्या छु


मक्किएको रुमाल पो भएछ यो मन

जति प्वाल परे पनि टालिराख्या छु


बास खोज्दै नजरमा कति आए तर

हृदय यो तिम्रै लागि खाली राख्या छु


फलाम बन्दै सम्झनाले सताउँदा पनि

मायारूपी अगेनुमा गालिराख्या छु 


~ गोपाल पौडेल ~
Gopal Paudel 


नाम : गोपाल पौडेल
जन्म : २०३०, चितवन
शिक्षा : एम्.ए. अङ्ग्रेजी
पेसा : शिक्षण
ठेगाना : भरतपुर १०, प्रमाङ्गी टोल, चितवन
मोबाइल : ९८४५०४८०७६

विधा : गीत, गजल
कृति : 'छातीभरि तिम्रो माया' गीत गजल (२०५९)