उ खोजी रहेछ प्यार सिमसारमा बसेर
भेटिन उसले चोखोपन बजारमा बसेर
बोलेन भन्दैमा दुख छैन भन्ने कहाँ हुन्छ
रुन्छ अचानो पनि खुकुरीको धारमा बसेर
यार सँधै जित मात्र त हुँदैन जिन्दगीमा
यहाँ सिकिन्छ धेरै कुरा पनि हारमा बसेर
कसरि भइने रहेछ माहुरी जस्तै मेहनती
मलाई हेर्न मन छ उसकै घारमा बसेर
~ खिम केसी ~
Khim KC
खिम केसी हाल: क्यालिफोर्निया, अमेरिका प्रकाशित कृति: लोरी गजल संग्रह (२०८१) |