तिमि शान्त भएर बस आँखामा आउने मान्छे
अक्सर मुटु भित्र नै हुन्छन मुटु दुखाउने मान्छे
लाश समेत गाडी चढेर हिंड्छ हजुरको शहरमा
अस्पताल पैदल जानु पर्छ गाउँमा बच्चा जन्माउने मान्छे
एक कुरुप पोखरी थिएँ सुन्दर झरना बन्न पाएँ
धन्यवाद छ मलाई अग्लो ठाउँबाट खसाउने मान्छे
~ बिमला दाहाल ~
Bimala Dhahal