सम्झना रेग्मी

देश बिगार्ने नेतामा अक्कल उतैबाट आउँछ 

हाम्रा समस्याको गलत हल उतैबाट आउँछ 


नेपाली हौँ भनेर मात्रै अझै कति गर्व गर्ने 

नुन बेसार दाल चामल उतैबाट आउँछ 


शिरमा सगरमाथा मनमा बुद्ध राखी हिँड्ने थिएँ 

शिरको टोपी पाउको चप्पल उतैबाट आउँछ 


~ सम्झना रेग्मी "सानु" ~ 

Samjhana Regmi "Sanu"


 

सम्झना रेग्मी 

पोखरा