न कानुन बनाउछ न न पुर्बधार बनाउँछन्
न छाड्छन सपना बाँड्न न साकार बनाउँछन्
जुम्ला र मुस्तांगको स्याउले मुल्य पाउँदैन यहाँ
कश्मिर र आसामको स्याउले बजार बनाउँछन्
जाजरकोटको महामारीलाई बेवास्ता गर्ने ति पत्रकारहरु
यता मालिकलाई खोकी लागेको समाचार बनाउँछन्
~ साधुराम लामिछाने ~
Sadhuram Lamichhane
पोखरा