देवेन्द्र कैदी पुरुष

गजल १

बिर्सनु होस् साहु बा त्यो पुरानो विगतको कुरा

हजुरले बा सँग गरेको फर्जी दस्तखतको कुरा


सबैले देश लुट्न पाउने कुरा मात्र गर्दछन् के गर्नु

बिचरा जनताले स्वीकार्नै पर्यो बहुमतको कुरा


छोरा छोरी लाई खुत्रुके किनिदिनुहोस् यसकारण

महत्त्व बुझाउन पसिनाको मूल्य बचतको कुरा


भ्रष्ट्राचारी खुले आम हिडन पाउने सुनुवाई भयो

विरोध गर्ने की नगर्ने अब यो अदालतको कुरा।


बाडुली पठायो भनेर नरिसाई दिनु बिन्ती मेरो

तिमीलाई सम्झिनु भयो अब आदतको कुरा।


~देवेन्द्र कैदी पुरुष~

Devendra Kaidi Purush

नाम: देवेन्द्र गैरे  (देवेन्द्र कैदी पुरुष) 

आमा/बाबु: प्रिती गैरे / डिलाराम गैरे 

अर्धाङ्गिनी: प्रमिला न्यौपाने गैरे 

जन्म स्थान : बाग्लुङ गल्कोट नरेठाँटी ठान 

नेपालको ठेगाना : लङ्कु भरतपुर ४ चितवन 

हालको ठेगाना: परदेश 

सम्पर्क नं: ९८४५३९७४७८, +447585340337 

ईमेल : devendragairenpl@gmail.com 

प्रकाशित पुस्तक लेखरचना: अक्षर हरुको पिरामिड र हैसियत संयुक्त गजल संग्रह, अन्य संयुक्त गजल संग्रह, पत्र पत्रिका, रेडियो अन्तरवार्ताहरु 

संग्लनता: सर्प उद्दारकर्ता ( सर्पकोसाथी) ,वे ग्रुप नेपाल सदस्य , रेज हेण्डस नेपाल आजीवन सदस्य , नेपाल रेडक्रस सोसाइटी आजीवन सदस्य, गलकोट समाज युके क्षेत्रीय सचिब, साउथ साईड नेपाली कम्युनिटी स्कटल्यान्ड सचिब, बशिष्ठ ऋषि मुनी मन्दिर, कार्यकारी सदस्य, गणेश मन्दिर आजीवन सदस्य, तत्कालीन एनआरएन भियतनाम महासचिव। गलकोट साहित्य कुञ्ज कार्यकारी सदस्य, तत्कालीन सप्तगण्डकी बिम्ब यात्रा संस्थापक कोसाध्यक्ष्य। थुप्रै अन्य संघसस्था हरूमा आबद्ध।

संलग्नता: नेपालीगजल.कम 


गजल २

कति बसौ अझै यो प्रबासमा आमा

फर्की आउन मन छ खासमा आमा।


मलाई थाहा छ तिमी कुरिरहेकी छौ

बुढेसको सहारा आउने आसमा आमा।


छन् यहाँ असी व्यञ्जन खाने कुरा

कमी छ तिम्रो प्रेम यी गाँसमा आमा।


मेरो  देश  र  हजुर  लाई  सधैं भरी

सम्झेको हुन्छु हरेक श्वासमा आमा।


सयमा रमाउनु भन्दा अरु देशमा

स्वदेशमै रमाउँछु पचासमा आमा।


गजल ३

सत्य लाई सत्य भन्न नीकै डराउनु पर्ने भयको छ

देश लुट्दा पनि नेताप्रति किन नारा जय जयको छ


आँखाले देख्दा उस्तै देखिन्छन कोईली र काग दुवै

बुझ्नु पर्ने यत्ति हो अन्तर रंग को होइन लयको छ।


हिजो सबै बच्चा थियौं आज युवा भोलि वृद्ध हुन्छौ

यो खेल यहाँ अरु कसैको होईन मात्र समयको छ।


अचेल धेरै दिन देखि निदाउन सकेकी छैनन आमा

आफ्नो सन्तान बिरामी परी अस्पताल गएको छ


गजल ४


रूप र जवानी देखेर  जिस्कायो गयो

आफ्नो स्वार्थ पूरा गर्यो उ आयो गयो


दिल त्यसै यो जली रहेको थियो यादमा

त्यसै माथि पिरतीको आगो लगायो गयो


पहिला एकलै रुन्थेँ कसैलाई थाहा नदिई

आँसु पुछ्ने बहानामा दुनिया हसायो गयो।


आमा जिउँदै मर्ने छिन ,बुझेन  हुलाकिले

परदेशमा बा मरेको समाचार बतायो गयो।


रोजगारी दिन नसके पछि आफ्नै देशमा

सरकारले फकाएर जहाज चढायो गयो।


गजल ५

तिम्रो आँखा तिम्रो नानी सबै मन् पर्यो

कल्कलाउँदो त्यो जवानी सबै मन् पर्यो


कति मिठो पकाएकी चिया चाख्न पाएँ

घर लग्यौं यो हात तानी सबै मन् पर्यो।


तिमिलाइ धन्यबाद मनको कुरा बुझ्यौ

माया गर्यौं जानी नजानी सबै मन् पर्यो


मलाई सधैं आपत पर्दा घाउ दुख्दा मनको

सुसार गर्यौँ आफनो ठानी सबै मन पर्यो


माया गरी  समीप बसी अंगालोमा कसी

कोमल हातको त्यो सिरानी सबै मन् पर्यो।


गजल ६

केही फाईदा छैन नम्बरी सुनमा कसी लगायर।

काम गर सपना पूरा हुन्न गफ बसी बसी लगाएर


प्रेममा मिलन बिछोड दुवै हुन्छ यो त रित हो

हजुर यो जिबन फाल्छु भन्नुहुन्छ रसी लगायर।


आमाको मायामा कहिल्यैँ कमी आएन उ प्रति

सबै सम्पत्ति लुट्यो निन्द्रामा हातमा मसी लगाएर


यो देशमा अब यी नेताले राम्रो गर्छन भ्रम नलिनु

कदापि दुई जिउकी हुँदिन बाख्री खसी लगाएर।


गजल ७

गर्मीमा चिसो बतास हौ।

तिमी धड्कन सास हौ।


अरूलाई के हौ कुन्नि

मेरो निम्ति खास हौ।


यो युग उज्यालो पार्ने

त्यो दीप हौ प्रकाश हौ। 


तिमी छौ र पाे त म छू

मेरो हर्ष उल्लास हौ।


तड्पिन्छु टाडा गय त

तिमी याे आस पास हौ।


गजल ८

नाई नाई भन्दा पनी किन घरी घरी खोज्यौ

समीप बस्न तिमीले दीन रातै भरि खोज्यौ


निथुक्रक भिजे भनी दोष किन मलाई दिन्छौ

तनको प्यास मेटाउन स्वयं तिम्ले झरी खोज्यौं


गल्ती मेरो मात्रै होईन छ तिम्रो जवानीको 

मातियर आँफै आयौ अनि तिमी सरी खोज्यौं


ढिलो भयाे आगमन फर्क्यौं देश बुढेसमा 

बुढेउलीमा जवानीको प्याला बराबरी खोज्यौं

(प्रित अन्तै साटे पछी मायाँ बराबरी खोज्यौ)


सीमा हुन्छन आफ्ना आफ्ना नियम हरु पनि

अनुशासन विहिन बनी गर्न मन परी खोज्यौ


तिमिले वास्ता नगरेसी अर्कै आयो बजाउन

वर्षौं पछी किन आज मादलुको खरी खोज्यौ।


सीता हूँ म बिश्वास गर तोड्ने छैन बाचा भन्थ्यौ

छिरे परदेश हल्ला सुन्छु राम छोडी हरी खोज्यौ।


गजल ९

तिमी संगका हरेक पलमा खास भई दियोस्

सधैं यस्तै एक अर्कामा बिश्वास भई दियोस्।


दुख  कष्ट दिने  चाहना छैन  कतै कत्ति पनि

हाम्राे जीवनमा यस्तै खुसीको रास भई दियोस्।


बिबाहका नवौं वर्ष हासी खुशी बिते हाम्रा

अब आउने समय पनि विन्दास भई दियोस्


सकरात्मक हुन पाऊँ एकअर्कामा यसरिनै

 नकरात्मक सोच सबै बिनाश भई दियोस्।

जिवन ज्युन पसे पनि खाडीका गल्लीहरु

घरमा खुसि,गास,बास,कपास भई दियोस्।


जिन्दगीले बसन्तका पालुवाहरु फेरे पनि

तिमीले मैले फेर्ने एउटै सास भई दियोस्।

देवेन्द्र कैदी पुरुष


गजल १०

धेरै सतायो हजुरहरुको सम्झनाले पनि।

नीकै माया गर्नुहुन्थ्यो सबै गाउकाले पनि।


त्यो माया,सद्वभाव,आदर,विश्वास अब 

सायद कहिलै भुल्दैनन् यी आँखाले पनि।


त्यही बाटो लाई ,त्यही माटो लाई स्पर्श गर्न 

नीकै चाह गरिरहेछन छन् यी खुट्टाले पनि।


खाली मेरै बाटो हेर्दीहुन पिडी मा बसेर

 खोक्दै बुढी बिरामी परेकी आमाले पनि।

उ पनी एक्लै भएहोला म विदेश आउँदा

सुसेल्न  छाड्यो होला अचेल हावाले पनि।


मैन बत्ति जस्तै बन्नु पर्छ छोरा सधैं भरी

सहयोग गर्नु पर्छ भन्नु हुनथ्यो बाले पनि ।


धेरै भयो केही खबर ल्याएको छैन किन

घरको हाल खबर ल्याउने चराले पनि।


गजल ११

मेरा कैयौ रात हरु न निदायर जान्छन्।

तिम्रा याद हरु समय बिताएर जान्छन्।


समयकाे गतिसँग हिँड्न पर्छ केहि बेर

आफ्नो पराई को हो चिनायर जान्छन्


भुल्न सक्दिन ति  विगत का पल हरु

सधैं जसो यी परेली भिजाएर जान्छन्


फकाउन छोडेको छू हिजो आज मैले पनि

जाउन जो कुरा नबुझी रिसाएर जान्छन्।


पाप लाग्छ कहिल्यै नफर्किने हरुलाई

 जो जो प्रेमको प्याला पिलाएर जान्छन्।


गजल १२

आँखाले हेरी रहन्छन् मनले सोचिरहन्छ अनि पिर पर्छ।

तातो बालुवामा बसेर कल्पिन्छु मेरो देश कता तिर पर्छ।


बिदाईमा आँसु थाम्नै सकीनन् भक्कानिइन् पियारी

बाटो नछेक आँसुले प्रिय परदेशी हूँ जान आखिर पर्छ।


यो छातीमा एउटा तिम्रो अर्को आमाको अनि यो देशको

हेर्नको लागि याद आउँदा लैजान यी सबै तस्बिर पर्छ।


विदेशमा फोटा त हासेका मात्र खिच्नुपर्छ हजुरका लागि

आमा पर्न त तातो घाम अति चिसोमा मेरो जागिर पर्छ।


भाग्यमा लेखेको जसरी पनि भएर छोड्छ भन्छन् सबै

हन्डर ठक्कर खाँदै सबैको सामु निहुराउन यो शिर पर्छ।


गजल १३

म पनि यसरी हिडीरहेछु यो जिन्दगानी बोकेर।

जसरी बगरले हिँडिरहेकाे छ सधैं पानी बोकेर।


सोच्दछु कसम  म मान्छे होईन जस्तो लाग्छ

अरूको देशमा बेचीइरहेछु राहदानी बोकेर।


अब त आऊ सँगै बसौ प्रित साटाैं एक्लै अब

कहिले सम्म भौतारिंदै हिडौँ कहानी बोकेर ।


आमाको आग्रह मानिन अनि श्रीमतीको पनि

दुवैले रोकेका हुन आँसु भरिएका नानी बोकेर।


यति बेला मेरो देश अनि प्रेमिलाई आवश्यक छु 

म भौतारी रहेछु विदेशमा मेरो यो जवानी बोकेर।


त्यो गाउँ सम्झेको छु, यो सहर त जाली हुँदोरहेछ 

यहाँका मान्छे हरु त हिडदाहेछन् बेईमानी बोकेर।


गजल १४

 गाउँमा  कति धेरै छन् खाली पैताला हरु

 सिटामोल देख्न पाउँदैनन् गोठालाहरू


गाउँ पस्ने बेला भयको छ चुनावआउँदा

अब तयारी गर्दै गर्नू जुताका मालाहरु


छन् छ्न चुराअनि बजाउँछौ पाउजु 

निको देख्दिनँ अचेल तिम्रा चाला हरु


आखिर तिमी हरू पनि उस्तै जोगी रहेछौ

केको लागि लगायौ नुन तासेर छाला हरु


ए मूर्ख मान्छे कति साइत बदली रहन्छौ

आफनै बाटो हिड्दा निर्दोष ति बिरालाहरु


गजल १५

रोकिनु होस् अझै अगाडि कहाँ जानु हुन्छ

मलाई यहाँ एक्लै नैं छाडी कहाँ जानु हुन्छ।


हिजो मेरा आँसु पुछ्ने हजुरका हात थिए

दुख सुख मलाई नबाडी कहाँ जानु हुन्छ।


जिन्दगीले फेल गरायो गल्ती मेरो होईन

भन्दै अहिले त अनाडी कहाँ जानु हुन्छ।


बर माग्न मन्दीर जान लाग्नु भयो कि

नलगाई पोते चुरा साडी कहाँ जानु हुन्छ


पसिना बगाउन सके यहीँ फल्छ सबै कुरा

आमा बा यो देश छोडी खाडी कहाँ जानु हुन्छ


गजल १६

लाग्दैन डर बरू ती तिखा तिखा हात हतियार सँग ।

असाध्यै डर लाग्छ किन तिम्रो गुलाब को प्रहार सँग । 


पानि  जता जान्छ  माछि त्यतै त्यतै जान्छ  दुई मत छैन 

चोट खाएका  पत्थर रहन्छन्   खोलिको  किनार सँग। 


उस्को  खुसि खोस्न  सकिनँ कतै  यो गाउँ  छोडेर जाँदैछु

छोरी  बिराइछ  मायाँ गरी  पल्लो गाउँको  मीजार सँग।


न घरमा पस्न दिन्छौ  न मन्दिर  न दिन्छौ  दिलमा पस्न 

अब  चुप  लागी बस्दिन  तिम्रो दमन   अत्याचार सँग।


के  यत्ति मौका  जुटाउनु  हुन्छ र महोदय  हाम्रा लागी

भेट्न मन् छ  हजुरकाे  राजधानी सँग  सरकार सँग।


म  परदेशिनुको   कारण  भ्रष्ट  हरुको  चलखेल हो 

खै के गुनासो गर्नु  आफ्नैं भाग्य सँग  आफ्नै निधार सँग।


कति राता बाकस देश फर्किन्छन् कती उतै दनकिन्छन्

कैयौँ  भेट्न पाउँदैनन्  आफ्नो देश सँग  परिबार सँग।


गजल १७

बगैचामा, फुलेको होइन,फूल चुडीँनका लागि

मान्छे टिपेर लैजान्छन् आफू सजिनका लागि


उनको गुनासो सधैं यही रहन्छ सम्झदैन ऊ

अरे कहिले बिर्सेको छु र सम्झिनका लागी


आयौ खोई के देखेर यसरी समीपमा तिमी

छैन केही माया बाहेक अरु त दिनका लागि


सधैं घुमी रहन्छ अन्जानमा होला सायद

टुकी वरीपरी पुतली आँफै सकिनका लागि


खोइ के सोच्दो हो सरकार परदेशीको बारे

राजधानी भय रै आउने गर्छौँ बेचिनका लागि।


म देशको अस्तित्व बचाउन जस्तो पनि गर्छु

तयार छु सिमानामा म आँफू रेटिनका लागि।


गजल १८

गहिरो प्रश्न छ म संग उत्तर छैन

छोरो सोध्छ बा किन हाम्रो घर छैन


दुई  छाक टार्न नसकेर आएको हुँ

मलाई  परदेश  बस्ने  रहर छैन।


यी मान्छेहरु मान्छे जस्ता पनि छैनन्

पशु नै  भनौ  भने फेरि  पुच्छर छैन


पल पल मरेर बाँचेको हुँ अभावमा

कॉल लिन आए पनि केही डर छैन।


हरेक पल कठिन काम गर्छ किसान

उसैको घरमा खाना जीवनभर छैन।


कुपोषणले छोरा को खुट्टा चल्दैन

स्कूल जान गाउँको बाटो समथर छैन।


गाउँले कै कारण पुग्छन् राजधानीमा

गाउँ विकासमा नेताको नजर छैन।


गजल १९

भो जंघार हरु तर्न पर्दैन सम्झिदिय पुग्छ

मेरो लागि केही गर्न पर्दैन सम्झिदीय पुग्छ


मैले सँगै बाचौं भनेर पाे बिन्ती बिसाएको हुँ

म सँग सँगै तिमि मर्न पर्दैन सम्झिदिय पुग्छ।


मनमायाँ बाढुली लागे मात्रै म खुसी हुनेछु 

लेक बाट बेसी झर्न पर्दैन सम्झिदिय पुग्छ।


स्वार्थ छैन तिमिसँग नजिकिनुको टाढै बस

मायाँ गर नजिक सर्न पर्दैन सम्झिदिय पुग्छ।


आखिर सबै को बाटो एउटै हो अमर को छ

रिसाएर ठुस्स पर्न पर्दैन सम्झिदिय पुग्छ।


गजल २०

जिन्दगी बनाउन खाेजेकाे हुँ खुवा जस्तो।

भइदियो दाँतमा लागिरहने वालुवा जस्तो।


खुसि कहिलेकाहीँ अाउछ हतार गरि जान्छ

दुःख अाइरहन्छ जान्न, गर्छ कछुवा जस्ताे ।


सुख दिन विदेश पसेँ बाका पैताला भएछन्

कैल्यै पानी नपाएको खडेरीको मजुवा जस्ताे।


मैंले आफ्नो सम्झि दिलमा सजायकाे छु तर

उस्ले सम्झन्छ मलाई सधैं भतुवा जस्तो।


यस्ताे स्थिति उत्पन्न  बेराेजगारले गरायाे,

अाफ्नै देशमा पनि भइयाे बटुवा जस्तो।


देवेन्द्र कैदी पुरुष


गजल २१

तिमीले सत्तामा लुटी रहेछौ आलो पालो गरेर

मैले तिरेको छू कर बन पाखा गोठालो गरेर।


सेवा भाव धेरैमा देखिन्न देश जनता लुट्छन्

कमाउँछन् सत्ता मा बस्नेले काम कालो गरेर।


गाँउमा नुन मट्टितेल र किताब पुर्याउनु पर्यो

यत्ति बिन्ति बिसाउन आए शिर पैतालो गरेर।


हजुरले चिनिन भन्नू भयो सारै दुःख लाग्यो

जिताई पठाका थियौं गाँउ देखि भूर्चालो गरेर।


छोरीले पढ्न खोजेकी छ के गर्नु उपाय छैन

मात्र जीविका चल्छ यसो डोको डालो गरेर।


न विद्यालय छ न बाटो छ न छ  अस्पताल 

बाँच्न कठिन छ गाँउमा कुटो कोदालो गरेर।


गजल २२

आमा लाई औषधि प्रिय लाई रुमाल बोकेर

हरायो हुलाकी गएथ्यो परदेशको हाल बोकेर।


स्कूल पठाएको छोरो खोज्न गएका बा

फर्किए छोराको नचिनिने कंगाल बोकेर


दिनभर साहुको काम साँझ फर्किन आमा

बच्चा लाई कनिका वस्तुलाई पराल बोकेर।


मन मुटुमा सजाउन त्यति सजिलो छैन देश

हिँड्नु पर्छ हिम्मत अनि छाती विशाल बोकेर


गाउँबाट सरकारलाई विनम्र अनुरोध गरियो

सरकार तिम्रो शहर लैजाऊ अनिकाल बोकेर।


गजल २३

जस्ले वर्षौं देखि च्यातिएको टोपी फेर्न सकेन

सन्तानकाे ईच्छा खेलौना किँन्दियो हेर्न सकेन


भेटीन त आफ्नै गुमेकी प्रेमीका भेटिएकी हों

ईच्छा हुँदा हुँदै पनि रुँदै अंगालोमा बेर्न सकेन


न मलामी पाएँ तिम्रो न जन्ती हुन नै पाएँ

माफ गर्दिनु दुःख सुख मा नभन्नु घेर्न सकेन


बिन्ती त चढायकी हुन् परदेश नजाउ भनी

तमसुक सम्झियो पत्नीको कुरा टेर्न सकेन


पल पल बाँचेर मर्नु को विकल्प छैन अब 

प्रयास गर्दा पनि आफ्नै घाँटी सेर्न सकेन


कोशिश हजारौँ गरें भाग्य लेख्ने भावी सँग 

बिन्ती गर्दा पनि भाग्यमा लेखेको केर्न सकेन


गजल २४

हिम्मत जुटाउन पिउन टन्न मन छ छाती ठोकेर

तिमीलाई माया गर्छु भन्न मन छ छाती  ठोकेर


परिश्रम गरेर यही आफ्नो देशमा पैसा कमाएर 

साहुको अगाडि बसी गन्न मन छ छाती ठोकेर


परदेशमा रगत बगाउनु हाम्राे बाध्यता हो के गर्नु

देशमै पसिना बगाई खन्न मन छ छाती ठोकेर।


परदेशमा मालिक भयर जीवन बिताउनु भन्दा

बरु मातृभूमिको दास बन्न मन छ छाती ठोकेर


गजल २५

म फुल सुम्पिने तयारी गर्छु भाला उन्दै गर

मेरो चिता मा हर्षले चढाउन माला उन्दै गर


आफ्नो हुनुको जिम्बेवारी निभाउनु पर्छ

नुन चुक लगाई सम्बन्धको छाला उन्दै गर


म सफलताको सिँढीमा माथि चढी रहँदा

असफलता काे सियोले पैताला उन्दै गर


अस्मिता लुट्न अनि नियत बदल्न सक्छन्

जसरी हुन्छ अब अभावका टाला उन्दै गर


समयकाे चक्र सँगै खुसीको रंग हरु

त्यो पवनमा  सकिँदै जाला उन्दै गर


हुरीले उडाउला खरको तिम्राे महललाई 

छानो बचाउन अभावका निगाला उन्दै गर


गजल २६

भञ्ज्याङमा मारेको त्यो अङ्गालो काे कुरा।

नगर्नु नि कसै सँग हातको चिनो बालोको कुरा।


सुखै सुखमा राख्ने छु विश्वास गर भर पर

 झुट हुँदैन नपढेनी यो गोठालो को कुरा।

 

नभन्नु है संका गर्लान तिम्रा छर छिमेकमा

मायाँ गरि बोक्देको त्यो डोको डालो को कुरा।


कुरी बस्छु तिमीलाई आफ्नो ठानी आउनु 

गर्लान फेरि अरु सँगै टीका टालो को कुरा 


लुकी लुकी आउनु तिमी ती पाउजु बजाउँदै

बुझ्छु तिम्ले गरेकाे ईशारा त्याे पैतालोको कुरा


गजल २७

एक अर्कामा नबोलेरै बस्यो तिम्राे माया।

मेरो मनको मझेरीमा पस्यो तिम्रो माया।


सपना हरू  भए  चकनाचुर  सिसा झैँ

जब मनको डिलबाट  खस्यो तिम्राे माया।


फुल फुलाए  दुःखले   मनको मझेरिमा

विषालु त्यो भमराले डस्यो तिम्रो माया।


समयले गर्यो की छल तिमिले  गर्यौ खै

अर्कैले पो अँगालोमा कस्यो तिम्रो माया।


भो उठ्ने आशा छैन परे पछि चंगुलमा 

जातपातको भुमरीमा फस्यो तिम्रो माया।

देवेन्द्र कैदी 


गजल २८

आफ्ना भन्ने कति मान्छे छुटिएर गए।

रात  दिनै  तिनै लाई   सम्झिएर  गए।


म त त्यो दिलकी  रानि  भन्ने हरु सबै

अर्कै   दिलमा  रानी  भै सजिएर गए।


मायाको  जंघारमा  पारी  कसरी तरुँ

विश्वासका   पुल हरु  भाँचिएर गए।


जलाउँ या सजाउँ दोमन  मा पो छु म

नबोल्ने  तस्बिर  सम्झना  दिएर गए।


बिश्वास कस्ले कस्को पो गर्न सकिन्छ र

आँसु    पुछ्ने    हरु  रगत    पियर गए


यादमा पिउनुको बिकल्प भय भन्नुस्

 सयौं    बोतल  यादमा   सकिएर गए


गजल २९

यस्तो लाग्यो साँचो माया गर्नु अपमान रैछ।

तिम्रो मुटु नौनी होईन ढुङ्गाकै  मैदान रैछ ।


भोलि अब समाचारमा के आउँछ कुन्नि

मनको कुरा  सुन्यो सबै भित्ताकाे कान रैछ।


सोचेको त फरक हो सोचे जस्तो भयन खै

जीवन भन्नु समस्यानै समस्याको तान रैछ


जिन्दगीमा जहिल्यै पनि हतार गरि दगुरियो

मरे पछि थाहा भयो जाने आखिर चिहान रैछ


उभ्याई दियो तिम्लाई पनि दोबाटोमा आज

घुमी घुमी आयो पालो  समय यो बलवान रैछ

देवेन्द्र कैदी


गजल ३०


रातो बाकस भित्र कोही सहर सम्म आयो

दुःखको कुरा बुवा आमा र घर सम्म आयो। 


विरामी भई ऊ एकै दिन के घरमा बसेथ्यो

साहु ले तमसुक बोकेर नोकर सम्म आयो। 


म हिँड्दा आँसु बगेथ्यो,यो पनि नुनीलो छ

लाग्याे आमाको आँसु सागर सम्म आयो। 


तातो बालुवा माथी बसी खुन बगाउँदै गर्दा

देश र आमा सम्झिँदा चक्कर सम्म आयो 


बा नजानुस् न भन्दै रुँदै रुँदै आएथ्यो पछि

फर्कियो आउन त छोरो ऊ पर सम्म आयो। 


रोज्यौ जब अर्कै अनेक आए मनमा विचार 

आफनो भन्नु अब को नैं छ र सम्म आयाे।

देवेन्द्र कैदी पुरुष


गजल ३१

परदेशमा सकेको छैन निदाउन पनि

सक्दिन  फर्केर स्वदेश आउन पनि।


जब आफ्ना बाट दूरीले टाडा भइन्छ

मन सक्दोरहेनछ एक्लै रमाउन पनि।


पछुतो हुने छ मलाई पक्कै एकदिन

सकिन तिमीलाई खुसी बनाउन पनि।


जिन्दगी सधैँ एकनास हुँदोरहेनछ र त

धेरै धेरै कुरा सिकायो सिकाउन पनि


छोटो जिन्दगी भर्खर टुसाएको प्यार

सकिन तिमीसँगै जीवन बिताउन पनि

देवेन्द्र कैदी पुरुष


गजल ३२ 

भोकै बस्छु घुस खान्नँ नेपाल आमा तिम्रो कसम 

देशमै बस्छु कतै जान्न नेपाल आमा तिम्रो कसम 


लोभ मोह केहीं छैन गौरब छ आफ्नै संस्कृतिमा 

जान्न अन्य धर्म मान्न नेपाल आमा तिम्रो कसम 


परदेशीय युबा जति गाँउ रित्तियो देशै रित्तियो 

गार्हो छ जिवन धान्न नेपाल आमा तिम्रो कसम 


मीठा मीठा कूरा गर्छन जनताले विश्वास गर्छन् 

नीकै गार्हो नेता छान्न नेपाल आमा तिम्रो कसम 


ढाँटी रहे जनतालाई जनता अब तयार भा छन 

काँडेतारले नेता बान्न नेपाल आमा तिम्रो कसम 


यति गिरे राजनीतिमा ईज्जत इमान केहीं छैन 

लाज लाग्छ जुत्ता हान्न नेपाल आमा तिम्रो कसम 


नयाँ आए भने देखी देश बनाउने यो सपना देखी 

नेतै लाग्छन् खुट्टा तान्न नेपाल आमा तिम्रो कसम 


रेमिट्यान्स लान्छ सरकार पसिनाको कमाई लान्छ 

मरे पछि यो शब लान्न नेपाल आमा तिम्रो कसम


देवेन्द्र कैदी पुरुष