चक्र मिलन

मेरो नाङ्गो पाउ नजरमा राखेर
कोहि गयो काँडा सफरमा राखेर

जमाना ढुंगामा विश्वास गर्नेको रैछ
आएको छु दिल पत्थरमा राखेर

सुनिन्छ कतै कतै आम पनि लुटिइन
कसरी जाउ बहिनी पराईको भरमा राखेर

सागरमा पुगेन बहादुर भन्ने पनि
फर्कियो पैताला बगरमा राखेर

आफ्नो भाषा धर्म सब भुली आयो
गल्ती गरेछु छोरो मैले शहरमा राखेर

~ चक्र मिलन ~
Chackra Milan


चक्र मिलन नेपाली 

दिपायल सिलगडी, डोटी


थप गजलहरु: 

चान चुने कुरा होईन घाउ भनेको 
तिमी मान्दै मान्दिनौ नचलाउ भनेको 

अदालतमा यो पहिलो उजुरी हुनु पर्छ 
आमालाई छोराले बाउ देखाऊ भनेको


~ चक्र मिलन ~
Chackra Milan