यो नसोच्नु उसले जीवनभर प्यार गरि रहन्छ
कसले चोरको घरमा चौकीदार गरि रहन्छ
मनले ढुवानी खर्च दिए पनि नदिए पनि
आँखाले आँशुको ओसार पसार गरि रहन्छ
गाउँमा राखेका बा आमालाई फोन गर्दैन
बाटामा राखेका ढुंगालाई नमस्कार गरि रहन्छ
Nakul Paudel
नकुल पौडेल रुपन्देही हाल: युएई |