छवि बैरागी घिमिरे

तिमीमा छ तिर्खा म सेवा दिँदैछु 

दीलै बन्दगी भो म पेवा दिँदैछु 


तिमी भित्र इच्छा अझै हुर्कैदैछन् 

त्यहि ढल्छ भन्दै म टेवा दिँदैछु


कहाँ हुन्छ वर्षा खडेरी परेमा 

तिमी डुब्न सक्ने म फेवा दिँदैछु


~ छवि बैरागी घिमिरे ~

Chhabi Bairagi Ghimire


छवि बैरागी घिमिरे

मोरङ