जीवनपानी

एउटा सज्जन छ अर्को बदमास छ 

यता पुजा पाठ उता जुवा तास छ  


यो कस्तो सार हो यो कस्तो रुपै हो 

आलीमा धान छ गरामा भटमास छ 


एउटै बगैचामा ऋतु थरी थरीका 

दुबोको बीच बीचमा सुकेको घाँस छ  


घर घरमा जात्रा अनि राम रमिता 

छोरी बुहारीमा लैङ्गिक अविश्वास छ 


~ जीवनपानी ~

Jeevanpani

जीवन पोखरेल

स्याङ्गजा 

प्रकाशित कृतिहरु:

जीवनपानीका फोहराहरु (२०५९)

जीवनपानीका सुस्केराहरू (२०६१) 

जीवनपानीका तरङ्गहरू (२०६३)  

ऋतु थरिथरीका (२०६५)

पानीमुनिको आकास (२०६९)