एउटा छायाँ सधैँ मलाई तिम्रो मनमा बस्छु भन्छ
अजम्बरी एउटा गाँठो तिमीसँग कस्छु भन्छ
मेरो जीवन आजै दिएँ तिमीलाई उपहार
स्वीकार गर नत्र आजै पुलबाट खस्छु भन्छ
बोलीदेउ न मेरो बोली स्वरमा स्वर मिलाएर
नत्र भने सो मुटुमा सियो बनी पस्छु भन्छ
बगिजाला मेरो मन बाँध लगाऊ तिम्रो मनमा
मायाँ मैले पाइनँ भने सर्पले झैं डस्छु भन्छ
यो मनमा तिमी बस्ने ठूलो महल बनिसक्यो
तिमी बस्न आइनौ भने कुलतमा फँस्छु भन्छ
~ राममाया अधिकारी ~
Rammaya Adhikari
राममाया अधिकारी
धादिङ
हृदयाञ्जली गजल संग्रह (२०६२)