बुद्धकै देशमा छैनन् बुद्ध टाउकाहरु
सत्तामा सँधै देखिन्छन क्रूद्ध टाउकाहरु
उठौं न कति भन्नु हँ ओ नउठ्नेहरु हो
कतिसम्म भोग्नु अझै युद्ध टाउकाहरु
यसपाली पनि यसै भो छाँटै पनि देखिन्नन्
किनकि अझै अघि छन् रुद्ध टाउकाहरु
जसले जे भनून म यसो भन्छु भनिरहन्छु
खोज्दैमा हैरान भयो शुद्ध टाउकाहरु
~ विजय सुब्बा ~
Vijay Subba
विजय सुब्बा
तेह्रथुम