पुराना ती कहानीमा म सम्झन्थें तिमीलाई
थिएँ मीठो जवानीमा म सम्झन्थें तिमीलाई
म स्वप्ना बीच देख्थें रातमा पूरै तिमी मात्रै
सुनौला हर बिहानीमा म सम्झन्थें तिमीलाई
दियौ आफ्नो चिनो फोटो म चुम्थेँ प्यारले चुम्थेँ
रहुन्जेल त्यो सिरानीमा म सम्झन्थें तिमीलाई
म बाँच्दा दुखले प्रिया तिमी नै साथमा हुन्थ्यौ
र दुख्दो जिन्दगानीमा म सम्झन्थें तिमीलाई
~ कृष्ण कुसुम ~
Krishna Kusum
कृष्ण कुसुम
नुवाकोट
हाल: अमेरिका