रिसाएर तिमी जति टाढा हुँदै गयौ
अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ
आस्था मानी फूलसँग पुजें तिमीलाई
फूल टेकी हाँसी हाँसी काँडा हुँदै गयौ
मलाई भने बगरमा एक्लै कुराएर
आफू भने कन्यामको डाँडा हुँदै गयौ
जाने नै हो जाऊ तर मेरो एउटा प्रश्न
तिमी किन यति सारो छाडा हुँदै गयौ ?
~ प्रकाश आङ्देम्बे ~
Prakash Angdembe
प्रकाश आङ्देम्बे
दमक, झापा
ग्याँस च्याम्बरमा बुद्ध