अथाह सागर तीर्थमान

आश गर्ने होइन उब्जाउनु पर्छ आटो आफैँ 

निर्माण गर्नुपर्छ देश विकासको बाटो आफैँ 


डोकोमा दूध दुहुँदैमा त्यसै अडि दैन क्यारे 

खन्नुपर्छ डल्ला फुटाउनु पर्छ हाम्रो माटो आफैँ 


'संगठन नै बल हो' मनन् गर्न सक्नु पर्छ 

काँधमा काँध मिलाएर मेटाउनु फाटो आफैँ 


घाउ लागेको छ सारा नेपालीको शरीर माथि 

विकासको मल्हम लगाऊ पुरिन्छ टाटो आफैँ 


आपत अनि विपतमा साथ् दिनुपर्छ सँधै 

बन्ने प्रयास गरी हेर्नु एकातिरको पाटो आफैँ 


'अथाह सागर' तीर्थमान

~'Athaha Sagar' Tirthaman ~ 


'अथाह सागर' तीर्थमान

वर्तमान बिझाउँदा (२०६०)