पलपल आफ्नै काखमा मरिरा’छ जीवन
सुख–शान्ति छैन मलाई दसै नंग्रा खियाए नि
सधैंजसो अभावमै टरिरा’छ जीवन
को आफ्नो को पराई कतै जाने ठाउँ छैन
लक्ष्यविहीन यात्रा सधैं गरिरा’छ जीवन
साथीभाइको जीवन उज्यालोले झिलिमिली
आफ्नो भने अँध्यारोमै परिरा’छ जीवन
खुकुरीको धारमुनि अचानो भै रेटिँदा नि
चोटमाथि चोट अझै भरिरा’छ जीवन
~ निर्दोष जीवन ~
Nirdosh Jiwan
निर्दोष जीवन
चितवन
विधा: गजल, गीत , कबिता ,हाइकु, मुक्तक, कथा.
अन्य: लेखन, गायन, संगीत, म्युजिक भिडियो निर्माण तथा निर्देशन
प्रकाशित कृति:
प्रिय साथी संयुक्त गजल संग्रह (२०७६)