पदमराज ढकाल

हाँसो खुसी दुःख पीडा स्वरुप जिन्दगी यो
खरानी भै बिलाई जाने धूप जिन्दगी यो

बाँच्नै मन लाग्ने कति अन्तिम श्वास फेर्दा पनि
दीर्घायुको प्यास नमेट्ने कूप जिन्दगी यो

सान्त्वनाका सुझावहरु दिन्छौ कति अरुलाई
आफ्नै चिच्याहटभित्र चूप जिन्दगी यो

आज बच्चा भोलि ठिटो पर्सी बुढेसकाल
चरण बदलिजाने कस्तो रुप जिन्दगी यो

अनेकन चाहनाको भण्डारहरुभित्र पनि
आफ्नै इच्छा बन्द गर्ने हूप जिन्दगी यो

~ पदमराज ढकाल ‘आशावादी’ ~
Padamraj Dhakal "Aashabadi"

 

पदमराज ढकाल 

प्रकाशित कृति: 
प्रिय साथी संयुक्त गजल संग्रह (२०७६)