मैले खोजेको हो बारम्बार पिंजडा भित्र
बाहिरै छ या छ संसार पिंजडा भित्र
पर्दा उघ्रिए पछि सबैलाई चेतना हुनेछ
देखिने छन् सबैका अनुहार पिंजडा भित्र
एउटा मान्छे यसकारण मन्दिर जाँदैन
खोज्दैन उ इश्वर को आकार पिंजडा भित्र
~ समिर हुमागाईं ~
Samir Humagain
पोखरा