मलाई यस्तो शहरमा दौडिन भनिएको छ
जहाँ गन्तब्यको अन्तिम रेखा मेटिएको छ
फैसलाको आधार सँधै कमसल भेटीए पछि
नजिर बनेर यसपटक ऐना उभिएको छ
यो लालचको शहरमा यी मान्छे हरुको
सब थोक कमाउंदा जिन्दगि बेचिएको छ
प्रेम थियो या वियोग त्यो भन्नै सकिएन
अन्तिम पत्र पनि रगतले लेखिएको छ
~ सन्दिप गौतम ~
Sandip Gautam
पोखरा