आँखामा जब राखियो रहर सुरु देखि नै
अधुरा बने मेरा नजर सुरु देखि नै
सब चिजको सुरुवात र अन्त्य एउटै हुँदैन
हिटलर पनि थिएन हिटलर सुरु देखि नै
बीच सफरमा आएर तिमि अचानक फिर्क्यौ
अब गर्नु छ मलाई सफर सुरु देखि नै
अरु जस्तो बन्न खोज्दा म आफु बनिन
तिमि आफु जस्तै बन सकभर सुरु देखि नै
~ बिशाल थापा ~
Bishal Thapa
पोखरा