घनेन्द्र ओझा

चढ्नलाई पो गार्हो हुन्छ झर्नलाई भन्दा 

बाँच्न अझै गार्हो रैछ मर्नलाई भन्दा 


एउटा मुटु वारि पट्टि अर्को मुटु पारी हुँदा 

वारि बस्न गार्हो पारी तर्नलाई भन्दा 


~ घनेन्द्र ओझा ~

Ghanendra Ojha 


घनेन्द्र ओझा

आफ्नै चिहानमा टेकेर (२०६१)

बल्झेर याद तिम्रो (२०६२)