बिष्णु रिजाल

देश बिगारी रहेछन जिउँदा तस्बिरहरुले 

आँशु झारी रहेछन पुर्खाका तस्बिरहरुले 


तिमीले त मलाई रुवाउन मात्रै जानेकी छौ 

आँशु पुछि दिन्छन तिम्रा तस्बिरहरुले 


मेरो मुटु जलाउनु पहिले यो सोच्नु तिमीले 

सजाएको छु मुटुका भित्ता तस्बिरहरुले 


~ बिष्णु रिजाल ~

Bishnu Rijal

म्याग्दी