सद्भावना कायम गर ठूलो पारी छात्ती
जनता भन्छ हत्या-हिंसा गर्नछाड साथी ।
धेरै मरे नेपालमा सिधा-सादा जनता
अझै पनि मौका छोपी नबनिदेऊ घाती ।
राष्ट्र प्रेमी बन्न सिक अहंकार बिनाको
रक्तपातमा बिश्वास गरे पुग्ने छैनौ माथी ।
मानवताको सेवा गर नेपाली हौ भने
मकुण्डोले मुख छोपी किन हिड्छौ राती
गोर्खे भन्थ्यो सबैमिली मनव सेवा गरौँ
समाजमा मानवको सेवा गर्नु जाती ।
(मधुपर्क २०६५ बैशाखमा प्रकाशित )
~ गोर्खे साइँलो ~
Gorkhe Sainlo
ऋषिप्रसाद लामिछाने
ठेगाना: नारायणगढ, चितवन
संलग्नता: पल्लव साहित्य पल्लव, अध्यक्ष