प्रभाकर पण्डित

छैन बाँकी रहर अझै जिउँ भनी
किन भन्छौ तिमी बिष पिउँ भनी

फूल फुल्यो जब मेरो बाग भरी
केश खोलि बस्यौ लाईदिनु भनी

छटपटीयौ तिमी मुटु जले सरी
म हुँ केवल धुवाँ बर्सिउँ भने

हिंडी रहुँ कति पुग्नु छैन कहिँ  
छैन कुर्ने आँखा फर्किनु भनि   

~ प्रभाकर पण्डित ~
Prabhakar Pandit


प्रभाकर पण्डित
चितवन
संलग्नता: गजल मञ्च चितवन, पुर्व अध्यक्ष
पुरस्कार: चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार २०७५ (चितवन साहित्य परिषद्‍)