भोजराज घिमिरे

म उसै छँदैथेँ पागल नहुँदा तिमी नजिकमा
नभई भएछु घायल नहुँदा तिमी नजिकमा

नलजाई उड्छ कसरि नछुँदै पवन बदनले
म सँगै अझै छ आँचल नहुँदा तिमी नजिकमा

न बसन्त झुल्छ तिम्रो न शरद खुलेछ मेरो
नहुँदो रहेछ खलबल नहुँदा तिमी नजिकमा

न दियौ खुशीको मौका न गयौ दुखी बनाई
नमरी मरें म पलपल नहुँदा तिमी नजिकमा

~ भोजराज घिमिरे ~
Bhojraj Ghimire


डा. भोजराज घिमिरे 

शिक्षा: पि एच डी (अर्थशास्त्र)

पेसा: सरकारी सेवा, कुटनीति (नेपाल सरकारको मुख्य सचिव, राजदुत)

विधा: गजल, कविता, गीत, कथा, र उपन्यास

प्रकाशित कृति

निर्बन्ध आकाश (गजल सङ्ग्रह)

उन्मुक्त किनारा (गजल सङ्ग्रह)