फेरि माया मार्न पनि गाह्रो
भन्छौ यसो गर्नू, त्यसो नगर्नू
लागेको बानी सुधार्न पनि गाह्रो
हजार टुक्रा पार सुन सुनै हो
जीवनलाई सुनझैँ खार्न पनि गाह्रो
सुनाउँछन् साथीहरु दूतावास धानन
आफ्नै देशमा जीवन गुजार्न पनि गाह्रो
चाहना त छ नि सहरमा महल ठड्याउने
पटक पटक डेरा सार्न पनि गाह्रो ।
~ बालकृष्ण थपलिया ~
Balkrishna Thapaliya

बालकृष्ण थपलिया
रामनगर, चितवन
हालको बसाइँ : भरतपुर , चितवन
सम्पर्क फोन ९८४५०५११२७
ईमेल : balkrishna127@gmail.com
जन्म : २०** असार ४, त्रिपुरासुन्दरी १ सल्यानटार, धादिङ
आमा / बुबा : धनकुमारी / विश्वनाथ थपलिया
विद्यालय शिक्षा : रानी पौवा मावि, सल्यानटार
उच्च शिक्षा : वीरेन्द्र बहुमुखी क्याम्पस , भरतपुर चितवन, स्नातकोत्तर तह ( नेपाली )
हाल: सदस्य सचिव (अधिकृतस्तर ) भरतपुर महानगर प्रज्ञाप्रतिष्ठान, भरतपुर चितवन
आवद्धता
नेपाल पत्रकार महासंघ चितवन (२०५२ सालमा महासंघको केन्द्रीय पार्षद, हाल साधारण सदस्य),
हाल : स्वतन्त्र पत्रकारिता
- निवर्तमान अध्यक्ष: रामेश्वर पुस्तकालय तथा वाचनालय,
- पूर्व सचिव : चितवन साहित्य परिषद्,
- पूर्व केन्द्रीय सदस्य : नेपाली लेखक संघ,
- केन्द्रीय पार्षद : नेपाल प्रेस युनियन, चितवन
- आम सञ्चार तथा पत्रकारपता प्राध्यापन : एसपिएम कलेज गैडाकोट, मिलेनियम कलेज गैडाकोट
- सम्पादक : गजलपथका यात्रीहरू, वागीश्वरी, महानगर साहित्य दर्पण, भरतपुर प्रज्ञा जर्नल, लगायत दर्जनौ स्मारिका , पत्र पत्रिका तथा पुस्तकहरू
साहित्यिक कृतिहरू
- धारा एकसय सत्ताईस कवितासङ्ग्रह (२०६२),
- किनाराको साक्षी कवितासङ्ग्रह (२०७२)

थप गजलहरु
नयाँ जोगीले धेरै खरानी घस्छ भन्थे हो रहेछ यार
आफ्ना भनेकालै काखमा धस्छ भन्थे हो रहेछ यार !
सँधै नीति नियम र कानुनका कुरा गर्थ्यो गर्न त
धेरै आदर्श छाँट्ने पनि फस्छ भन्थे हो रहेछ यार !
धाकधक्कु, चुरीफुरी खुबै लगाएको छ ठाउँमा पुगेपछि
समय आए पछि पाता कस्छ भन्थे हो रहेछ यार !
आकाशै उछिन्ने गरी लम्किन्थ्यो तामा पनि कुनै दिन
जति नै लम्के पनि एकदिन खस्छ भन्थे हो रहेछ यार !
सर्पलाई दुध खुवाई खुवाई पालेर के गर्नु बालकृष्ण
मौका पर्दा आफैलाई डस्छ भन्थे हो रहेछ यार !