म त देश छोडेर नजाउ भन्ने नागरिक हुँ
जति कमाए नी जे गरेनी घाट मा सकिनु पर्छ
बाचुन्जेल हासौं सत्कर्म गरौँ भन्ने मानिस हुँ
हेरेर मात्र आनन्द लिने हो तिमीले मलाई
तिमी छुन खोज्छौ, झर्छु म शित हुँ
नजाने दुख जाने सुखै सुख रहेछ जीवन
कुनै दिन मर्न पासो लिएर हिँडेको जीव हुँ
न घमण्ड गर्यो खरायो झैं न डरायो कछुवा
लक्ष्य मा बढ्यो गरेन चिन्ता अधि हुँ या पछि तिर हुँ
~ विमला कार्की ~
Bimala Karki
विमला कार्की "सुसं" भरतपुर १८, चितवन सम्पर्क: ** इमेल: ** पेशा: नर्स पहिलो लेखन: कविता २०५८ प्रकाशित कृति पथ्थरको मान्छे (गजल संग्रह) २०६५ घाम नभएको आकास (गजल संग्रह) २०६७ |