कसरी हिड्छौ, बोल्छौ कसरी सँस्कारको कुरा छ।
बाहिर उस्तै देखिए नि मानव या दानव भित्र,
बुझ्न अझै बाँकी तिम्रो आचारको कुरा छ ।
भकारीमा अन्न राखी भोको राख्न सक्छ कसैले,
मानवता के कति छ मनको भण्डारको कुरा छ ।
हात थाम्नु अघि सुन हजारौँ पटक सोच्नु पर्छ,
स्वीकार मात्र किन हुनसक्ला इन्कारको कुरा छ ।
दियो या 'चिराग' जे ठान जल्छ केवल अरुकै निम्ति,
त्याग र सेवामा रमाउने जय जयकारको कुरा छ ।
~विद्या भण्डारी 'चिराग" ~
Bidhya Bhandari Chirag

नाम - विद्या भण्डारी ' चिराग'
स्थायी ठेगाना - भरतपुर १२ पोखरेली टोल, चितवन
जन्म - २०**/८/१
जन्मस्थान - तुलसीधारा डल्लु टोल, काठमाडौं,नेपाल
माता / पिता - ललिता कुमारी/ डम्बर बहादुर के. सी.
जन्म - २०**/८/१
जन्मस्थान - तुलसीधारा डल्लु टोल, काठमाडौं,नेपाल
माता / पिता - ललिता कुमारी/ डम्बर बहादुर के. सी.
पेशा - शिक्षण
शिक्षा - स्नातक
सम्पर्क नम्बर - ९८४५१*****
इमेल - bhandarichirag12@gmail.com
शिक्षा - स्नातक
सम्पर्क नम्बर - ९८४५१*****
इमेल - bhandarichirag12@gmail.com
प्रकाशित कृतिहरु
१) इन्द्रेणीको गेट ( बालकविता सङ्ग्रह २०६२)
२) नेपथ्यका कुरा (गजल सङ्ग्रह २०६४)
३) गजल पथका यात्रीहरु सहलेखन (२०६१)
४) नेपाली गजलमा नारी हस्ताक्षर ( सँयुक्त सङ्ग्रह २०६२)
५) चितवनका कवि र कविता ( सँयुक्त सङ्गह् २०७०)
६) चरी माथि आकाशमा ( सचित्र बालगजल २०७१)
७) हाट बजार (सचित्र बलगजल २०७१)
८) लौरी हजुरबुबाको (सचित्र बालगजल सङ्ग्रह २०८०)
१) इन्द्रेणीको गेट ( बालकविता सङ्ग्रह २०६२)
२) नेपथ्यका कुरा (गजल सङ्ग्रह २०६४)
३) गजल पथका यात्रीहरु सहलेखन (२०६१)
४) नेपाली गजलमा नारी हस्ताक्षर ( सँयुक्त सङ्ग्रह २०६२)
५) चितवनका कवि र कविता ( सँयुक्त सङ्गह् २०७०)
६) चरी माथि आकाशमा ( सचित्र बालगजल २०७१)
७) हाट बजार (सचित्र बलगजल २०७१)
८) लौरी हजुरबुबाको (सचित्र बालगजल सङ्ग्रह २०८०)
प्रकाशोन्मुख कृतिहरु
१) वर्षात् (सचित्र बालकविता सङ्ग्रह)
२)) मौनताको अर्थ (गद्य कविता सङ्ग्रह)
३) जन्मदिन (सचित्र बालकविता सङ्ग्रह)
४) आफ्नै सेरोफेरो (गीत सङ्ग्रह)
५) हाल यस्तै छ ( गजल सङ्ग्रह)
सम्मान
१) गजल स्रष्टा सम्मान २०६६ (गजल मञ्च चितवन)
२) हस्तकला पञ्चकला स्मृति नारी स्रष्टा सम्मान २०८० (नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठान)
सङ्लग्न साहित्यिक सँस्थाहरु
१) अध्यक्ष अभिव्ञ्जना साहित्य प्रतिष्ठान ,चितवन
२) सदस्य साहित्य सङ्गम ,चितवन
३) सदस्य छन्द काव्य प्रतिष्ठान चितवन
४) आजीवन सदस्य गजल मञ्च चितवन ।
साहित्य सम्बन्धी धारणा -
साहित्य जीवन र जगतको यथार्थ प्रस्तुति हुनुको साथै मानवीय चरित्रको शल्यक्रिया गर्ने माध्याम हो, जसले व्यक्ति, समाज, राष्ट्र र विश्वलाई मार्गदर्शन दिन्छ । साहित्यमा कुनै वाद र वर्गभेद हुँदैन । भूगोलको सिमाले साहित्यलाई छेक्दैन । सीमामुक्त तर आफ्नै प्रकारको शिष्ट, अनुशासित र मर्यादित गहन रचना नै साहित्य हो ।